सतावट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् सतावट

यूहन्‍ना 15 : 18
18 “यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्‍यसले मलाई घृणा गरेको हो।

मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर,

२ तिमोथी 3 : 12
12 ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,

१ पत्रुस 3 : 17
17 यदि परमेश्‍वरको यस्‍तै इच्‍छा छ भने, खराबी गरेर दुःख भोग्‍नुभन्‍दा भलाइ गरेर दुःख भोग्‍नु नै असल हो।

१ पत्रुस 4 : 12 – 14
12 प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्‍निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्‍तै तिमीहरू छक्‍क नपर।
13 तर ख्रीष्‍टका कष्‍ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍दित र हर्षित हुन सक।
14 यदि ख्रीष्‍टको नाउँमा तिमीहरू निन्‍दित भयौ भने तिमीहरू धन्‍यका हौ। किनभने महिमाका र परमेश्‍वरका आत्‍मा तिमीहरूमाथि रहनुहुन्‍छ।

१ पत्रुस 3 : 16
16 तिमीहरूका विवेक शुद्ध राख, ताकि तिमीहरूको विरोधमा बोल्‍ने र ख्रीष्‍टमा तिमीहरूका चालचलनको निन्‍दा गर्नेहरू लज्‍जित होऊन्‌।

१ पत्रुस 3 : 14
14 तर धार्मिकताको खातिर दुःख भोग्‍नैपरे तापनि तिमीहरू धन्‍यका हौ। तिनीहरूका धम्‍कीको डर नमान, र भयभीत नहोओ।

१ यूहन्‍ना 3 : 13
13 भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान।

लूका 6 : 22
22 धन्‍य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्‍कार गर्नेछन्, र गिल्‍ला गर्नेछन्, र दुष्‍ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्‌।

हिब्रू 12 : 3
3 पापीहरूबाट उहाँको विरुद्धमा भएका यतिका विवादहरू सहनुहुनेलाई विचार गर, र तिमीहरू शिथिल नहोओ, अनि हरेस नखाओ।

फिलिप्पी 1 : 12 – 14
12 भाइ हो, तिमीहरूलाई यो थाहा होस्‌ भन्‍ने म चाहन्‍छु, कि ममाथि आइलागेका कुराहरूले वास्‍तवमा सुसमाचारलाई अगि बढ़ाउने काम भएको छ,
13 यहाँसम्‍म कि महलका सारा गारद र सबै बाँकीकहाँ पनि मेरो कैद ख्रीष्‍टको निम्‍ति भएको हो भन्‍ने जाहेर भएको छ।
14 धेरैजसो भाइहरू मेरो कैदले गर्दा प्रभुमा साहसी भएका छन्, र परमेश्‍वरको वचन विनाडर बोल्‍नलाई झन्‌ आँटिला भएका छन्‌।

२ कोरिन्थी 4 : 8 – 12
8 हामी सबैतिरबाट कष्‍टित छौं, तर किचिएका छैनौं। अन्‍योलमा परेका छौं, तर हताश भएका छैनौं।
9 सताइएका छौं, तापनि त्‍यागिएका छैनौं। प्रहार गरेर ढलेका छौं, तापनि नष्‍ट पारिएका छैनौं।
10 येशूको जीवन हाम्रा शरीरमा प्रकट होस्‌ भनेर हामी उहाँको मृत्‍यु सधैँ हाम्रा शरीरमा बोकिहिँड्‌छौं।
11 किनकि हामी जीवित छँदा पनि येशूको खातिर सधैँ मृत्‍युको मुखैमा परिबस्‍छौं, यस हेतुले कि येशूको जीवन हाम्रा मरणशील शरीरमा प्रकटित होस्‌।
12 यसरी मृत्‍युले हामीमा काम गर्दछ, तर जीवनले तिमीहरूमा।

१ पत्रुस 4 : 4
4 तिमीहरू तिनीहरूसँग भ्रष्‍टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्‍क पर्छन्, र तिमीहरूको बदख्‍वाइँ गर्छन्‌।

मत्ती 5 : 10
10 धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।

१ पत्रुस 4 : 19
19 यसकारण परमेश्‍वरको इच्‍छाबमोजिम दुःख भोग्‍नेहरूले भलाइ गरून्‌ र तिनीहरूले आफ्‍ना आत्‍मा विश्‍वासयोग्‍य सृष्‍टिकर्ता कहाँ सुम्‍पून्‌।

रोमी 8 : 35 – 37
35 कसले हामीलाई ख्रीष्‍टको प्रेमबाट अलग गर्ने? के सङ्कष्‍टले, अथवा दुःखले, वा खेदोले, वा अनिकालले, वा नग्‍नताले, अथवा खतराले वा तरवारले?
36 यस्‍तो लेखिएको छ, “तपाईंको खातिर हामी दिनभरि मारिन्‍छौं, काटिने भेड़ाहरूजस्‍तै हामीहरू गनिएका छौं।”
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।

प्रकाश 2 : 10
10 तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले [1] तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।

यर्मिया 15 : 10
10 हाय, मेरी आमा, किनकि तपाईंले मलाई जन्‍म दिनुभयो, मजस्‍तोलाई, जोसँग सारा देश झगड़ा र विवाद गर्छ। मैले न त ऋण दिएको छु, न ऋण लिएको छु, तापनि सबै जना मलाई सराप्‍छन्‌।

यूहन्‍ना 15 : 19
19 यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्‍त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *