संयम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् संयम

गलाती 5 : 23
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।

१ कोरिन्थी 9 : 27
27 तर म आफ्‍नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्‍तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्‍य ठहरिनेछु।

तीतस 2 : 12
12 जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ।

गलाती 5 : 22 – 25
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।
25 हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।

२ पत्रुस 1 : 6
6 ज्ञानमा आत्‍मसंयम, आत्‍मसंयममा धैर्य, धैर्यमा भक्ति,

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 13 : 14
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

हितोपदेश 25 : 16
16 मह भेट्टाइस्‌ भने चाहिँदो मात्र खा, यो धेरै खाइस्‌ भने तैंले बान्‍ता गर्नेछस्‌।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

१ कोरिन्थी 9 : 25
25 खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्‍मसंयमी हुनुपर्छ। तिनीहरू नष्‍ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।

हितोपदेश 23 : 1 – 3
1 जब तँ शासकसँग भोजन गर्न बस्‍छस्, तेरो सामुन्‍ने जे राखिएको छ त्‍यो राम्ररी याद गर्,
2 यदि तेरो खन्‍चुवा बानी छ भने, तेरो घाँटीमा चक्‍कू राख्‌।
3 तिनको मीठो भोजनको लोभ नगर्, किनभने त्‍यो भोजन छकाउने हुन्‍छ।

१ यूहन्‍ना 4 : 1 – 21
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।
2 यसैबाट तिमीहरू परमेश्‍वरका आत्‍मालाई चिन्‍छौ कि हरेक आत्‍मा जसले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्‍वीकार गर्छ, सो परमेश्‍वरबाट हो।
3 येशूलाई स्‍वीकार नगर्ने हरेक आत्‍मा परमेश्‍वरबाट होइन, तर त्‍यो ख्रीष्‍ट विरोधीको आत्‍मा हो, जसको विषयमा “त्‍यो आउँछ” भन्‍ने तिमीहरूले सुनेका छौ। अब त्‍यो यस संसारमा आइसकेको छ।
4 मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्‍वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्‍छ, उहाँ संसारमा हुनेभन्‍दा महान्‌ हुनुहुन्‍छ।
5 तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्‍छ।
6 हामी त परमेश्‍वरका हौं। जसले परमेश्‍वरलाई चिन्‍छ उसले हाम्रो कुरा सुन्‍छ, र जो परमेश्‍वरको होइन, त्‍यसले हाम्रो कुरा सुन्‍दैन। यसैबाट हामी सत्‍यको आत्‍मा र भ्रमको आत्‍मालाई चिन्‍छौं।
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ।
8 प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।
9 परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं।
10 प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।
11 प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।
12 परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।
13 उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको हुनाले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ।
14 हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ।
15 जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, उसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र उचाहिँ परमेश्‍वरमा।
16 यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं। परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर उसमा रहनुहुन्‍छ।
17 न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।
18 प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन।
19 हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।
21 हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

२ पत्रुस 1 : 5
5 यसैकारण सबै किसिमका प्रयत्‍नद्वारा तिमीहरूको विश्‍वासमा सद्‌गुण र सद्‌गुणमा ज्ञान थप,

१ कोरिन्थी 3 : 16 – 17
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?
17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।

गलाती 5 : 22
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,

गलाती 6 : 7 – 8
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।

१ कोरिन्थी 6 : 9 – 11
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।
11 तिमीहरू कोही यस्‍तै थियौ, तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा हाम्रा परमेश्‍वरका आत्‍माद्वारा निर्दोष ठहराइयौ।

फिलिप्पी 4 : 5
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ।

तीतस 2 : 2
2 वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।

गलाती 5 : 16
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *