यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् श्रम
उत्पत्ति 3 : 19
19 माटोमा नफर्कुञ्जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्। किनकि माटैबाट तँ निकालिएको थिइस्। तँ माटै होस्, र माटैमा फर्किजानेछस्।”
प्रस्थान 20 : 11
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
प्रस्थान 23 : 12
12 छ दिनसम्म आफ्नो कामकाज गर र सातौँ दिनमा चाहिँ विश्राम लेओ, र तिमीहरूको गोरु, गधा, तिम्रो घरमा जन्मेको दास, र विदेशी पनि ताजा होऊन्।
प्रस्थान 34 : 21
21 “छ दिनसम्म आफ्ना कामकाज गर्दैरहनू, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू। हलो जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू।
लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्यसलाई नलुट्नू। “‘ज्यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्।
व्यवस्था 24 : 15
15 सूर्यास्तअघि नै प्रतिदिन त्यसको ज्याला दिइहाल्नू, किनकि त्यो एक गरीब हो र त्यो आफ्नो ज्यालामा नै भर परेको हुन्छ। नत्रता त्यसले तिमीहरूका विरुद्धमा परमप्रभुलाई पुकार्यो भने, तिमीहरूलाई पाप लाग्नेछ।
व्यवस्था 25 : 4
4 दाइँ गर्दा गोरुलाई महला नलगाओ।
१ कोरिन्थी 9 : 9
9 किनभने मोशाको व्यवस्थामा लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोलो नलगाओ।” के गोरुहरूका विषयमा परमेश्वर चिन्तित हुनुहुन्छ?
१ तिमोथी 5 : 18
18 किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।”
उपदेशक 5 : 12
12 परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन।
यर्मिया 22 : 13
13 “धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँदछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्ना मेहनतको ज्याला दिँदैन।
मलाकी 3 : 5
5 “यसैले म न्याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्यभिचारीहरू र झूटो गवाही बक्नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्यालामा ठग्नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्नेहरू, विदेशीलाई न्याय नगरिदिनेहरू, र मेरो डर नमान्नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
मत्ती 20 : 15
15 मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने?
लूका 10 : 7
7 तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस। किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नपसी हिँड़।
प्रेरित 20 : 35
35 मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।”
एफिसी 4 : 28
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
१ थेसलोनिकी 4 : 12
12 ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।
२ थेसलोनिकी 3 : 13
13 तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ।
Leave a Reply