यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिलोह
उत्पत्ति 49 : 10
10 यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।
न्यायकर्ताहरू 21 : 19
19 तब बेथेलको उत्तरतिर, बेथेलदेखि शकेम जाने मूलबाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको शीलोमा परमप्रभुको निम्ति प्रतिवर्ष हुने चाड़को तिनीहरूलाई याद आयो।
यहोशू 18 : 1
1 अनि इस्राएलीहरूका सारा समुदाय शीलोमा जम्मा भयो, र त्यहाँ भेट हुने पाल टाँग्यो। त्यो देश तिनीहरूका अधीनमा भइसकेको थियो,
यहोशू 18 : 10
10 अनि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले, र त्यहीँ नै यहोशूले तिनीहरूका भाग-भागअनुसार इस्राएलीहरूलाई सो देश बन्डा गरिदिए।
न्यायकर्ताहरू 18 : 31
31 अनि शीलोमा परमेश्वरको भवन रहुञ्जेल तिनीहरूले मीकाले बनाएका मूर्तिहरूको पूजा गरे।
न्यायकर्ताहरू 21 : 19
19 तब बेथेलको उत्तरतिर, बेथेलदेखि शकेम जाने मूलबाटोको पूर्वतिर र लबोनाको दक्षिणतिर भएको शीलोमा परमप्रभुको निम्ति प्रतिवर्ष हुने चाड़को तिनीहरूलाई याद आयो।
१ शमूएल 1 : 3
3 एल्काना वर्षेनी शीलोमा सर्वशक्तिमान् परमप्रभुको आराधना गर्न र बलिदान चढ़ाउन आफ्नो सहरबाट उक्लेर जाने गर्थे। त्यहाँ एलीका दुई छोरा, होप्नी र पीनहास परमप्रभुका पूजाहारीहरू थिए।
१ शमूएल 1 : 9
9 एक पल्ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्नाह उठिन्। त्यस बेला पूजाहारी एली परमप्रभुका मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए।
१ शमूएल 1 : 21
21 जब वार्षिक बलिदान चढ़ाउन र आफूले गरेको भाकल पूरा गर्नलाई एल्काना आफ्ना जम्मै परिवारसँग माथि उक्लेर गए,
१ शमूएल 1 : 24
24 जब तिनले दूध छोड़ाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई शीलोमा परमप्रभुको भवनमा ल्याइन्।
१ शमूएल 2 : 14
14 र त्रिशूलले कराही वा ताप्के वा तसला वा खड्कुँलोमा भएको मासु घोच्थ्यो, र त्यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्यस्तै व्यवहार गर्थे।
भजनसंग्रह 78 : 60
60 उहाँले शीलोमा भएको पवित्र वासस्थान त्याग्नुभयो, त्यो पाल जो उहाँले मानिसहरूका बीचमा राख्नुभएको थियो।
यर्मिया 7 : 12
12 “‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्थान बनाएको थिएँ, र मैले आफ्नो प्रजा इस्राएलको दुष्ट्याइँको कारण त्यस ठाउँलाई के गरें त्यहाँ गएर हेर।
यहोशू 21 : 2
2 कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्नका निम्ति सहरहरू र हाम्रा बस्तुहरूलाई खर्कका निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।”
यहोशू 22 : 9
9 तब रूबेनी, गादी र मनश्शेको आधा कुल, परमप्रभुको आज्ञामुताबिक मोशाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इस्राएलीहरूसँग बिदा भएर कनान देशको शीलोबाट फर्के।
यहोशू 22 : 12
12 तब उनीहरूका विरुद्धमा लड़ाइँ गर्नलाई इस्राएलका सारा समुदाय शीलोमा जम्मा भए।
न्यायकर्ताहरू 21 : 12
12 तिनीहरूले त्यसै नै गरे। याबेश-गिलादका बासिन्दाहरूमध्ये चार सय जवान स्त्रीहरू भेट्टाए, जसको कुनै पुरुषसँग सहवास भएको थिएन। अनि तिनीहरूले यिनीहरूलाई कनानका शीलोको छाउनीमा ल्याए।
१ शमूएल 1 : 9
9 एक पल्ट शीलोमा तिनीहरूले खानपान गरिसकेपछि हन्नाह उठिन्। त्यस बेला पूजाहारी एली परमप्रभुका मन्दिरको ढोकाको छेउमा आफ्नो आसनमा बसिरहेका थिए।
१ शमूएल 4 : 13
13 त्यो आइपुग्दा एली बाटोको छेउमा आफ्नो आसनमा बसेर हेरिरहेका थिए, किनभने परमेश्वरका सन्दूकको कारण उनी साह्रै विचलित भएका थिए। समाचार लिएर त्यो मानिस सहरभित्र पस्यो, र जब त्यसले जे भएको थियो सबै भन्यो तब पूर्ण सहरले नै चीत्कार गरे।
Leave a Reply