यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अस्वीकार
भजनसंग्रह 34 : 17 – 20
17 जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ।
18 चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।
19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ।
20 परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन।
यूहन्ना 15 : 18
18 “यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो।
१ पत्रुस 2 : 4
4 उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ।
२ कोरिन्थी 12 : 9
9 तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
भजनसंग्रह 94 : 14
14 किनकि परमप्रभुले आफ्नो प्रजालाई फ्याँक्नुहुन्न, उहाँले आफ्नो निज उत्तराधिकारका मानिसहरूलाई त्याग्नुहुनेछैन।
भजनसंग्रह 27 : 10
10 मेरा बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।
मत्ती 10 : 34
34 “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ।
यूहन्ना 1 : 11
11 उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।
भजनसंग्रह 139 : 13 – 14
13 किनकि तपाईंले नै म भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
14 म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन्, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।
यशैया 53 : 3
3 ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित। ऊ त्योजस्तो थियो, जसलाई देखेर मानिसहरू आफ्ना मुख फर्काउँछन्। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।
भजनसंग्रह 118 : 22
22 जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो,
१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ।
रोमी 8 : 1
1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन।
लूका 10 : 16
16 “जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्दछ, त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ।”
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
फिलिप्पी 4 : 19
19 मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।
रोमी 8 : 31
31 हामीले यसमा के भन्ने त? यदि परमेश्वर हामीतर्फ हुनुहुन्छ भने, हाम्रो विरुद्ध को हुन्छ?
१ कोरिन्थी 6 : 19 – 20
19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
व्यवस्था 14 : 2
2 किनकि तिमीहरू त परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। परमप्रभुले पृथ्वीमा भएका समस्त मानिसजातिबाट तिमीहरूलाई नै आफ्नो अमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।
१ कोरिन्थी 3 : 1 – 232
1 भाइ हो, तिमीहरूसँग बोल्दा आत्मिक जनहरूसँग बोलेजस्तै म बोल्न सकिनँ, तर सांसारिक मानिस, ख्रीष्टमा दूधे बालकसँग बोलेजस्तै म बोल्न सकें।
2 मैले तिमीहरूलाई दूध खुवाएँ, खँदिलो पदार्थ होइन, किनकि तिमीहरू त्यसको निम्ति तयार थिएनौ, अनि अझ पनि छैनौ।
3 तिमीहरू अझै सांसारिक नै छौ। किनकि जब तिमीहरूका बीचमा डाह र कलह छ, त के तिमीहरू सांसारिक चालमा चल्ने साधारण मानिसजस्ता भएनौ र?
4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र?
5 अपोल्लोस के हो? पावल के हो? प्रभुले हरेकलाई खटाउनुभएअनुसार सेवकहरू मात्र हुन्, जसद्वारा तिमीहरूले विश्वास गर्यौ।
6 मैले रोपें, अपोल्लोसले पानी हाले, तर परमेश्वरले नै बढ़ाउनुभयो।
7 यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ।
8 रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ।
9 किनकि हामी परमेश्वरका सहकर्मी हौं, तिमीहरूचाहिँ परमेश्वरका खेत हौ, परमेश्वरका भवन हौ।
10 मलाई दिइएको परमेश्वरको अनुग्रहअनुसार, घर बनाउने निपुण कारीगरले जस्तै मैले जग बसालें, र अर्काले त्यसमाथि घर बनाउँदैजान्छ। त्यसमाथि बनाउँदैजाने हरेक मानिसले कसरी बनाउँदैछ, सो ध्यान देओस्।
11 किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्ट हुनुहुन्छ, त्यसबाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन।
12 अब यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने,
13 प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्यायको दिनले त्यो खुलस्त गरिदिनेछ। त्यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।
14 यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ।
15 यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्नेछ, तर त्यो आफैचाहिँ आगोबाट उम्केझैँ बाँच्नेछ।
16 के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ, र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ?
17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ। किनकि परमेश्वरको मन्दिर पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ।
18 कसैले आफैलाई धोका नदेओस्। तिमीहरूमध्ये कसैले यस युगमा आफैलाई बुद्धिमान् सम्झन्छ भने त्यो मूर्ख बनोस्, ताकि त्यो बुद्धिमान् बन्न सकोस्।
19 किनकि संसारको बुद्धि परमेश्वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्छ।”
20 र फेरि, “बुद्धिमान्हरूका विचार व्यर्थ हुन् भनी परमप्रभु जान्नुहुन्छ।”
21 यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्। किनकि सबै थोक तिमीहरूकै हुन्,
22 चाहे पावल, कि अपोल्लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्यु, वा वर्तमान, कि भविष्य, सबै तिमीहरूकै हुन्,
23 र तिमीहरू ख्रीष्टका हौ, अनि ख्रीष्टचाहिँ परमेश्वरका हुनुहुन्छ।
Leave a Reply