यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शाखा, लाक्षणिक
हितोपदेश 11 : 28
28 जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ, त्यसको पतन हुनेछ, तर धर्मीचाहिँ हरियो पातझैँ मौलाउनेछ।
होशे 14 : 6
6 त्यसका भर्खरै पलाएका मुनाहरू बढ्नेछन्। त्यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ।
यशैया 60 : 21
21 तब तेरा सबै प्रजा धर्मात्मा हुनेछन्, र तिनीहरूले सदाको निम्ति देशको अधिकार गर्नेछन्। मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा, मेरो हातका काम हुन्।
यूहन्ना 15 : 5
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।
यशैया 18 : 5
5 किनभने कटनीको अघि जब फूल फुलेर झरिसकेको हुन्छ, र फूल पाकेको अङ्गूर हुन्छ, तब उहाँले हाँगाहरू हँसियाले छाँट्नुहुनेछ, र फैलिएका हाँगाहरू काट्नुहुनेछ।
दानिएल 4 : 14
14 उनले चर्को स्वरमा कराएर भने, “त्यस रूखलाई ढालिदे र हाँगाहरूलाई काटिदे, त्यसका पातहरू झारिदे र त्यसका फलहरू छरपष्ट पारिदे। पशुहरू त्यसको छहारीबाट र चराहरू त्यसका हाँगाबाट भागून्।
यूहन्ना 15 : 6
6 कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
रोमी 11 : 17
17 तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने,
रोमी 11 : 21
21 किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नुभएन भनेता तिमीलाई पनि बाँकी राख्नुहुनेछैन।
यूहन्ना 15 : 2
2 ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ।
यूहन्ना 15 : 6
6 कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
भजनसंग्रह 80 : 15
15 तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यस बिरुवाको त्यस छोराको, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ।
यशैया 4 : 2
2 त्यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्ति जमिनको फल गर्व र गौरवको हुनेछ।
यशैया 11 : 1
1 यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ।
यर्मिया 23 : 5
5 परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्।
यर्मिया 33 : 15
15 ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन्।
जकरिया 3 : 8
8 “‘हे यहोशू प्रधान पूजाहारी र तेरो सामुन्ने बस्ने तेरा साथीहरू, जो पछि हुने कुराका चिन्हजस्ता छन्। यी कुरा सुन। हेर्, म मेरो दास, अर्थात् हाँगालाई ल्याउनेछु।
जकरिया 6 : 12
12 त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ।
Leave a Reply