शल्लम

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शल्लम

२ राजाहरू 15 : 10
10 याबेशका छोरा शल्‍लूमले जकरियाको विरुद्धमा षड्‌यन्‍त्र रचे। शल्‍लूमले तिनलाई मानिसहरूकै सामुन्‍ने आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।

२ राजाहरू 15 : 15
15 शल्‍लूमको राजकालका अरू घटनाहरू र तिनले रचेका षड्‌यन्‍त्र इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छन्‌।

२ राजाहरू 22 : 14
14 यसैले पूजाहारी हिल्‍कियाह, अहीकाम, अक्‍बोर, शापान र असायाह राजमहलको लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्‍भाका छोरा शल्‍लूमकी पत्‍नी अगमवादिनी हुल्‍दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्‍थिन्‌।

२ इतिहास 34 : 22
22 हिल्‍कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका [2] नाति तोखतका [3] छोरा शल्‍लूमकी पत्‍नी अगमवादिनी हुल्‍दाकहाँ सोधपूछ गर्नलाई गए। तिनी यरूशलेमको दोस्रो टोलमा बस्‍थिन्‌।

१ इतिहास 2 : 41
41 शल्‍लूम यकम्‍याहका पिता, यकम्‍याह एलीशामाका पिता थिए।

१ इतिहास 4 : 25
25 शौलका छोरा शल्‍लूम थिए, जसका छोरा मिब्‍साम थिए, जसका छोरा मिश्‍मा थिए।

१ इतिहास 6 : 13
13 शल्‍लूम हिल्‍कियाहका पिता थिए, हिल्‍कियाह अजर्याहका पिता थिए,

एज्रा 7 : 2
2 जो शल्‍लूमका छोरा, जो सादोकका छोरा, जो अहीतूबका छोरा,

१ इतिहास 9 : 11
11 अजर्याह, जो हिल्‍कियाहका छोरा, जो मशुल्‍लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्‍वरको भवनका जिम्‍मावाल थिए,

१ इतिहास 9 : 17
17 द्वारपालहरू: शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू। तिनीहरूका दाजु शल्‍लूमचाहिँ प्रधान थिए।

१ इतिहास 9 : 19
19 शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका कुटुम्‍बहरू, कोरहवंशीहरूचाहिँ पालका [1] प्रवेशद्वारका रक्षा गर्ने सेवाका जिम्‍मामा थिए, जसरी तिनीहरूका पुर्खाहरूले परमप्रभुको वासस्‍थानको प्रवेशद्वारका रक्षकको काम गरेका थिए।

१ इतिहास 9 : 31
31 कोरहवंशी शल्‍लूमका जेठा छोरा लेवी मत्तित्‍याहको जिम्‍मामा भेटीका फुरौलाहरू तयार गर्ने काम थियो।

२ इतिहास 28 : 12
12 तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *