यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शब्दको शक्ति
हिब्रू 4 : 12
12 किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
रोमी 10 : 17
17 जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
२ तिमोथी 3 : 16
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
रोमी 1 : 16
16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो, पहिले यहूदीहरूका निम्ति र अन्यजातिहरूका निम्ति पनि।
प्रेरित 20 : 32
32 “अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँका अनुग्रहको वचनमा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई सुदृढ़ पार्न सक्छ, र पवित्र पारिएकाहरू सबैका बीचमा उत्तराधिकार दिन सक्छ।
१ थेसलोनिकी 2 : 13
13 यसकारण यसको निम्ति हामी पनि परमेश्वरलाई निरन्तर धन्यवाद चढ़ाउँछौं, कि तिमीहरूले हामीबाट सुनेका वचन, जो वास्तवमा परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचनजस्तै होइन, तर परमेश्वरको वचनजस्तै ग्रहण गर्यौ, जुन वचनले तिमी विश्वासीहरूमा काम गर्दछ।
२ तिमोथी 3 : 16 – 17
16 सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ,
17 ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्।
गलाती 5 : 17
17 किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
१ पत्रुस 1 : 23
23 परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ।
यूहन्ना 15 : 3
3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
प्रेरित 6 : 7
7 परमेश्वरको वचन बढ्दैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
उत्पत्ति 9 : 11
11 म तिमीहरूसित मेरो यो करार स्थापित गर्दछु, कि सबै प्राणी फेरि कहिल्यै प्रलयको पानीले नष्ट हुनेछैनन्, अनि पृथ्वीलाई सर्वनाश गर्न फेरि कहिल्यै जलप्रलय हुनेछैन।”
यूहन्ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।
यर्मिया 15 : 16
16 जब तपाईंका वचनहरू आए ती मैले खाएँ, ती मलाई रमाहट, र मेरो हृदयलाई आनन्द दिने कुरा भए, किनकि तपाईंको नाउँले म कहलाइन्छु, हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर।
यूहन्ना 1 : 1 – 3
1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ।
Leave a Reply