यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् व्यस्तता
लूका 10 : 38 – 42
38 उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्।
39 मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्।
40 तर मार्था सेवा-सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशूकहाँ आएर भनिन्, “प्रभुज्यू, मेरी बहिनीले सेवा-सत्कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्ता राख्नुहुन्न? त्यसलाई भनिदिनोस्, र त्यसले मलाई सघाओस्।”
41 तर येशूले जवाफ दिएर तिनलाई भन्नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्ता गर्छ्यौ, र व्याकुल हुन्छ्यौ।
42 तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिनेछैन।”
एफिसी 5 : 15 – 17
15 यसैले कसरी हिँड्छौ ध्यानसँग हेर— निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान्जस्तो।
16 समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।
17 यसैकारण मूर्ख नहोओ, तर प्रभुको इच्छा के छ, सो बुझ।
मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
हाग्गै 1 : 5 – 9
5 अब सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू आ-आफ्ना चालको होशियारीसाथ विचार गर।
6 तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तर प्वाल परेको थैलीमा राख्छौ।”
7 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका आ-आफ्ना चालको होशियारीसाथ विचार गर।
8 डाँड़ा-डाँड़ा उक्लेर काठपात ल्याओ र भवन बनाओ, र म त्यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्नुहुन्छ।
9 “तिमीहरूले धेरै आशा गर्यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्यायौ, त्यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। “किनभने मेरो भवनचाहिँ भग्नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्नो घरमा व्यस्त छौ।
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
यशैया 55 : 1 – 2
1 “हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
2 जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ।
Leave a Reply