यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वृद्धि
यशैया 54 : 2
2 “तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्।
२ कोरिन्थी 9 : 10
10 छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।
लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”
१ इतिहास 4 : 9 – 10
9 याबेस आफ्ना दाजुभाइहरूभन्दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्, किनभने तिनले भनिन्, “मैले त्यसलाई वेदनामा जन्माएँ।”
10 याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्वरलाई पुकारा गरे, “बिन्ती छ, मलाई आशिष् दिएर ठूलो इलाका दिनुहोस्! तपाईंको हात ममाथि रहोस्, र मलाई जोखिमबाट जोगाएर राख्नुहोस्, ताकि मलाई कुनै चोटले पनि नदुखोस्।” अनि परमेश्वरले तिनको बिन्ती सुन्नुभयो।
भजनसंग्रह 115 : 14 – 15
14 परमप्रभुले तिमीहरूलाई वृद्धि गरून्, तिमीहरू र तिमीहरूका सन्तानलाई।
15 स्वर्ग र पृथ्वी सृजनुहुने परमप्रभुबाट तिमीहरूलाई आशिष् मिलोस्।
मलाकी 3 : 10
10 सम्पूर्ण दशांश ढुकुटीमा ल्याओ, ताकि मेरो घरमा भोजन रहोस्। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष् तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
भजनसंग्रह 119 : 32
32 म तपाईंका आज्ञाहरूको मार्गमा दौड़न्छु, किनकि तपाईंले मेरो हृदयलाई स्वतन्त्र पारिदिनुभएको छ।
हितोपदेश 19 : 17
17 गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो, र त्यसले जे गरेको छ, त्यसको इनाम उहाँले त्यसलाई दिनुहुनेछ।
मर्कूस 4 : 24
24 उहाँले तिनीहरूलाई फेरि भन्नुभयो, “तिमीहरू जे सुन्छौ, त्यसमा ध्यान देओ। किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पाउँछौ। र तिमीहरूलाई झन् बढ़ी दिइनेछ।
रोमी 13 : 8 – 10
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ।
9 “तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
व्यवस्था 1 : 11
11 परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई हजार गुणा अरू वृद्धि गरून् र उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तिमीहरूलाई आशिष् देऊन्!
भजनसंग्रह 18 : 36
36 मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोडा चिप्लनेछैनन्।
उत्पत्ति 26 : 12
12 इसहाकले बालीनाली लगाए, र त्यही साल तिनले सय गुणा कटनी गरे।
व्यवस्था 12 : 18 – 20
18 बरु परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुभएको ठाउँमा उहाँको सामुन्ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्ना सबै काममा परमप्रभु आफ्ना परमेश्वरको सामु आनन्द मनाउनू।
19 होशियार बस, र आफ्नो देशमा रहुञ्जेल लेवीहरूको बेवास्ता नगर्नू।
20 जब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्णा हुनेछ र “म मासु खान्छु” भन्नेछौ, तब आफूले चाहेजति मासु खाओ।
प्रस्थान 34 : 24
24 म जाति-जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनेछु, र तिमीहरूको सिमाना बढ़ाइदिनेछु। जब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको सामु वर्षमा तीन पल्ट देखा परौला, तब कसैले तिमीहरूका जमिनको लोभ गर्नेछैन।
२ शमूएल 22 : 37
37 मेरा पाइलाहरूका निम्ति तपाईं फराकिलो बाटो बनाउनुहुन्छ, र मेरा गोड़ा चिप्लनेछैनन्।
मत्ती 25 : 26 – 30
26 “त्यसका मालिकले त्यसलाई जवाफ दिए, ‘ए दुष्ट, अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्छु, र ननिफनेको ठाउँबाट बटुल्छु भनेर तैंले जानेको थिइस् भने,
27 तैंले मेरो धन साहूकहाँ राख्नुपर्नेथियो, र आएर मैले मेरो धन ब्याजसमेत फिर्ता पाउनेथिएँ।
28 यसकारण त्यसबाट यो सिक्का खोस, र जससँग दश सिक्का छ त्यसलाई देओ।
29 किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।
30 त्यस बेकम्मा नोकरलाई चाहिँ बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
उत्पत्ति 9 : 27
27 परमेश्वरले येपेतको वृद्धि गरून्, र त्यसले शेमको पालमा वास गरोस्, र कनानचाहिँ शेमको कमारो होस्।”
यशैया 65 : 24
24 तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु।
व्यवस्था 19 : 1 – 232
1 परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,
2 तब परमप्रभु परमेश्वरले अधिकारमा दिन लाग्नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू।
3 परमप्रभु परमेश्वरले तिमीहरूको अधिकारमा दिन लाग्नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्यानमारा त्यहाँ भागेर जान सकोस्।
4 कसैलाई मारेर आफ्नो ज्यान बचाउनलाई त्यहाँ भाग्ने मानिसको विषयमा नियम यो हो— जसले आफ्नो छिमेकीलाई दुश्मनी नभई नचाहेरै मार्दछ।
5 जस्तै, एक जना मान्छे वनमा आफ्नो छिमेकीसँग दाउरा काट्न जाँदा रूख ढाल्नलाई बन्चरो चलाउँदा बन्चरो बीँड़बाट फुस्केर त्यस छिमेकीलाई लाग्छ, र त्यो मर्छ। त्यो मानिस यी सहरहरूमध्ये एउटामा भाग्न सक्छ र त्यसले आफ्नो ज्यान बचाउन सक्छ।
6 नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्यसलाई खेदेर बाटैमा फेला पारेर त्यसलाई मार्न सक्छ। वास्तवमा त त्यो मारिने योग्यको थिएन, किनकि रीस-रागविना नै त्यसले छिमेकीलाई त्यसो गरेको थियो।
7 यसैकारण आफ्ना निम्ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु।
8 परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले
9 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्पूर्ण देश दिनुहुन्छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्नुपर्छ।
10 यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्नेछ, र त्यसको दोष तिमीहरूलाई नै लाग्नेछ।
11 तर कुनै मानिसले रीस-रागै राखी आफ्नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्यो ती सहरहरूमध्ये एउटामा भाग्यो भने,
12 त्यसकै नगरका धर्म-गुरुहरूले मान्छे पठाई त्यसलाई त्यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्पिदेऊन्।
13 त्यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्याको दोष हटाओ, ताकि तिमीहरूको कल्याण होस्।
14 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू।
15 कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ।
16 कसैमाथि दोषारोपण गर्न कोही दुष्ट मानिस खड़ा भयो भने,
17 वादी र प्रतिवादी दुवै तत्कालीन पूजाहारी र न्यायकर्ताहरूका सामुन्ने परमप्रभुको अगि आउनुपर्छ।
18 तब न्यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने,
19 त्यसले आफ्नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्यसलाई त्यसै गर्नू। तिमीहरूले आफ्नो मध्येबाट खराबीलाई हटाउनुपर्छ।
20 यो सुनेर अरूहरू डराउनेछन्। त्यसपछि तिमीहरूका बीचमा यस्तो खराबी कहिले हुनेछैन।
21 तिमीहरूले नटिठ्याउनू। ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ।
Leave a Reply