विवेक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विवेक

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

तीतस 3 : 2
2 तिनीहरूले कसैको बदनामी नगरून्, झैँझगड़ाबाट अलग बसून्, नम्र होऊन्‌ र सबै मानिससँग भद्रताको व्‍यवहार गरून्‌।

याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्‍वरलाई त्‍यसले मागोस्, र त्‍यसलाई त्‍यो दिइनेछ।

फिलिप्पी 3 : 8
8 साँच्‍चै भन्‍ने हो भने ख्रीष्‍ट येशू मेरा प्रभुलाई चिन्‍न पाउने अमूल्‍य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्‍दछु। ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ भनेर उहाँको निम्‍ति मैले सबै कुराको नोक्‍सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्‍य म गन्‍दछु,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *