विभाजन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विभाजन

१ कोरिन्थी 1 : 10 – 13
10 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्‌। तर तिमीहरू एकै मन र एकै विचारका होओ।
11 किनकि, मेरा भाइ हो, तिमीहरूमा झगड़ा छ भन्‍ने कुरा क्‍लोएका परिवारहरूले मलाई खबर दिएका छन्‌।
12 मेरो भनाईको तात्‍पर्य यही हो, तिमीहरू कसैले, “म पावलको”, कसैले “म अपोल्‍लोसको”, कसैले “म केफासको” र कसैले “म ख्रीष्‍टको हुँ” भन्‍छौ अरे।
13 के ख्रीष्‍ट बाँड़िनुभएको छ र? के पावल तिमीहरूका निम्‍ति क्रूसमा टाँगियो र? अथवा के पावलको नाउँमा तिमीहरू बप्‍तिस्‍मा भयौ र?

रोमी 16 : 17 – 18
17 भाइ हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि तिमीहरूलाई सिकाइएको धर्म-सिद्धान्‍तको विरुद्धमा फूट र बाधा-विघ्‍‌न सृष्‍टि गर्नेहरूलाई नजर राख, र तिनीहरूबाट अलग्‍गै बस।
18 किनभने यस्‍ताहरूले ख्रीष्‍ट हाम्रा प्रभुको निम्‍ति होइन, तर आफ्‍नै पेटको निम्‍ति सेवा गर्दछन्, र तिनीहरूको मीठो-मीठो बोली र कुराले सीधासाधाहरूका हृदयलाई धोका दिन्‍छन्‌।

तीतस 3 : 9 – 11
9 तर मूर्ख वाद-विवाद, वंशावली, फूट र व्‍यवस्‍थासम्‍बन्‍धी झगड़ाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्‍यर्थका हुन्‍छन्‌।
10 फूट ल्याउने मानिसलाई चाहिँ एक वा दुई पल्‍ट चेताउनी दिएपछि त्‍यससँग अरू कुनै सरोकार नराख,
11 यो जानेर कि यस्‍तो मानिस भ्रष्‍ट र पापी हो। त्‍यो आफै दोषी ठहरिएको छ।

एफिसी 4 : 3 – 6
3 शान्‍तिको बन्‍धनमा पवित्र आत्‍माको एकता कायम राख्‍न प्रयत्‍न गर।
4 शरीर एउटै छ, र पवित्र आत्‍मा एउटै हुनुहुन्‍छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्‍मा,
6 हामी सबैका एउटै परमेश्‍वर र पिता, जो सबैमाथि, सबैका मध्‍य र सबैमा हुनुहुन्‍छ।

१ पत्रुस 1 : 22 – 25
22 अब सत्‍यको पालनद्वारा तिमीहरूले आफैलाई शुद्ध पारेका हुनाले आफ्‍ना दाजुभाइलाई निष्‍कपट प्रेम गर, र हृदयबाट नै एउटाले अर्कोलाई गहिरो प्रेम गर।
23 परमेश्‍वरको जीवित र नित्‍य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्‍मेका छौ।
24 किनकि, “सबै प्राणी घाँसजस्‍तै हुन्‌ र तिनका सबै गौरव घाँसका फूलजस्‍ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्‍छ,
25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्‍छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।

लूका 11 : 17
17 तर तिनीहरूका विचार थाहा पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जुन राज्‍यमा फूट हुन्‍छ, त्‍यो उजाड हुन्‍छ। जुन घरमा फूट हुन्‍छ, त्‍यो नष्‍ट हुन्‍छ।

यहूदा 1 : 16 – 19
16 फतफताउनेहरू, असन्‍तोषीहरू, आफ्‍ना कुइच्‍छाअनुसार हिँड्‌नेहरू, घमण्‍डी कुरा बोल्‍नेहरू र लाभको निम्‍ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्‌।
17 तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ।
18 तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्‍नै भक्तिहीन वासनाको पछि लागेर गिल्‍ला गर्नेहरू हुनेछन्‌।”
19 फूट ल्याउ‍नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्‍मा नभएका मानिसहरू यिनै हुन्‌।

२ यूहन्‍ना 1 : 9 – 11
9 ख्रीष्‍टको सिद्धान्‍तमा स्‍थिर नबसेर त्‍यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्‍वर हुनुहुन्‍न, तर यस सिद्धान्‍तमा स्‍थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्‍छ।
10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्‍त ल्‍याएन भने त्‍यसलाई घरमा स्‍वागत नगर्नू। त्‍यसलाई अभिवादन पनि नगर्नू।
11 किनकि त्‍यसलाई अभिवादन गर्ने त त्‍यसका दुष्‍ट कामहरूमा सहभागी हुन्‍छ।

हितोपदेश 14 : 12
12 कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्‍त्‍यमा त्‍यसले मृत्‍युमा पुर्‍याउँछ।

प्रेरित 10 : 34
34 तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न,

भजनसंग्रह 133 : 1 – 3
1 यात्राको निम्‍ति दाऊदको गीत [1] दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ।
2 यो त शिरमा लगाइएको मूल्‍यवान्‌ तेलजस्‍तो हुन्‍छ, जो हारूनको दाह्रीसम्‍म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्‍मै बगेर जान्‍छ।
3 त्‍यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्‍तै हुन्‍छ। किनकि त्‍यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष्‌ खन्‍याउनुहुन्‍छ।

१ कोरिन्थी 12 : 21 – 26
21 आँखाले हातलाई “मलाई तेरो दरकार छैन” भन्‍न सक्‍दैन, र शिरले पनि खुट्टालाई “मलाई तिमीहरूको दरकार छैन” भन्‍न सक्‍दैन।
22 बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्‍छन्‌।
23 शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्‍छौं, तिनलाई हामी बढ्‌ता आदर दिन्‍छौं। प्रत्‍यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढ़ी भद्रतासाथ राख्‍छौं,
24 प्रत्‍यक्ष देखाउन सकिने हाम्रा अङ्गहरूलाई त्‍यस्‍तो हिफाजत चाहिँदैन। तर परमेश्‍वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ कि हीन अङ्गहरूलाई बढ़ी आदर प्रदान गर्नुभएको छ,
25 ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्‍ति समान वास्‍ता राखून्‌।
26 यदि एउटा अङ्गलाई कष्‍ट भयो भने सबै अङ्गहरूले सँगै कष्‍ट भोग्‍छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्‍द मनाउँछन्‌।

प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्‍वरको आज्ञा पालन गर्नैपर्छ।

मत्ती 15 : 9
9 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌’।”

मत्ती 18 : 15 – 18
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।
17 यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।
18 “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले पृथ्‍वीमा जे बाँध्‍छौ, त्‍यो स्‍वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्‍वीमा जे फुकाउँछौ त्‍यो स्‍वर्गमा फुकाइनेछ।

यूहन्‍ना 17 : 21
21 कि तिनीहरू सबै एक होऊन्‌। हे पिता, जसरी तपाईं ममा हुनुहुन्‍छ, र म तपाईंमा, त्‍यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *