यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विधवाहरूलाई मद्दत गर्दै
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
यर्मिया 5 : 28
28 तिनीहरू मोटाएर चिल्ला-चिल्ला भएका छन्। तिनीहरूका दुष्ट कामको सीमा छैन। टुहुरा-टुहुरीहरूको भलाइ होस् भनी तिनीहरू तिनको न्याय गरिदिँदैनन्। तिनीहरू दरिद्रहरूका हकको रक्षा गर्दैनन्।
१ तिमोथी 5 : 16
16 यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
यशैया 58 : 10
10 अनि सम्पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्ति दियौ, र अत्याचारमा परेकाहरूको आवश्यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्योति अँध्यारोमा चम्कनेछ र तिमीहरूको रात मध्यदिनजस्तै हुनेछ।
Leave a Reply