विडंबना

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विडंबना

२ शमूएल 6 : 20
20 दाऊद आफ्‍ना घरानालाई आशीर्वाद दिन आउँदा शाऊलकी छोरी मीकल तिनलाई भेट्‌न बाहिर निस्‍केर आइन्, र भनिन्, “इस्राएलका राजाको निम्‍ति आज कस्‍तो गौरवको दिन! तिनले आफ्‍ना दासीहरूका दृष्‍टिमा नाङ्गो बनेर आफैलाई ढँटुवारेजस्‍तै बनाए।”

१ राजाहरू 18 : 27
27 मध्‍यदिनमा एलियाले यसो भनेर उनीहरूलाई ठट्टा गर्न लागे, “अझ जोडसित कराओ। निश्‍चय नै त्‍यो त देवता हो! शायद ऊ घोर ध्‍यानमा मग्‍न होला, अथवा काममा व्‍यस्‍त होला वा यात्रामा गएको होला। शायद ऊ सुतिरहेको होला र उठाउनुपर्छ।”

अय्‍यूब 12 : 2
2 “निस्‍सन्‍देह तपाईंहरू मानिस हुनुहुन्‍छ, र सम्‍पूर्ण बुद्धि तपाईंहरूसितै मर्नेछ!

इजकिएल 28 : 5
5 व्‍यापारमा ठूलो निपुणता देखाएर तैंले आफ्‍नो धन-सम्‍पत्ति बढ़ाएको छस्, र तेरो धन-सम्‍पत्तिको कारण तेरो हृदय घमण्‍डले फुलेको छ।

१ राजाहरू 22 : 15
15 जब तिनी आइपुगे, तब राजाले तिनलाई सोधे, “मीकाया, हामी रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऔँ, कि नजाऊँ?” तिनले जवाफ दिए, “आक्रमण गर्नुहोस्‌ र विजयी हुनुहोस्‌। किनकि परमप्रभुले त्‍यो राजाको हातमा सुम्‍पिदिनुहुनेछ।”

आमोस 4 : 4
4 “बेथेलमा गएर पाप गर। गिलगालमा गएर अझ धेरै पाप गर। बिहानैपिच्‍छे तिमीहरूका भेटी ल्‍याओ र प्रत्‍येक तेस्रो वर्षमा आ-आफ्‍नो दशांश ल्‍याओ।

मर्कूस 2 : 17
17 यो सुनेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”

मत्ती 22 : 16
16 तिनीहरूले आफ्‍ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं सत्‍य हुनुहुन्‍छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्‍छ, र तपाईं कसैको भय मान्‍नुहुन्‍न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्‍न।

मत्ती 27 : 29
29 तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”

मर्कूस 15 : 19
19 अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे।

लूका 23 : 11
11 हेरोदले आफ्‍ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्‍कारपूर्ण व्‍यवहार गरे, र उहाँको गिल्‍ला गरे। त्‍यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए।

यूहन्‍ना 19 : 3
3 र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्‍पड़ लाए।

मर्कूस 15 : 19
19 अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्‍डवत्‌ गरे।

यूहन्‍ना 19 : 15
15 तर तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याए, “लैजानुहोस्, लैजानुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌!” पिलातसले तिनीहरूलाई सोधे, “के म तिमीहरूका राजालाई क्रूसमा टाँगूँ?” मुख्‍य पूजाहारीहरूले जवाफ दिए, “कैसरबाहेक हाम्रो अरू राजा छैन।”

मत्ती 27 : 37
37 “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।

मर्कूस 15 : 26
26 उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्‍ने लेखिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *