यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विचलित हुनु
मत्ती 5 : 44
44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर,
हितोपदेश 29 : 11
11 मूर्खले आफ्नो रीस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ।
एफिसी 4 : 26 – 27
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
हितोपदेश 15 : 1
1 नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।
एफिसी 4 : 26
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
रोमी 12 : 19
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
एफिसी 4 : 1 – 32
1 यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर।
2 सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
3 शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
4 शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ— जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ—
5 एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा,
6 हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।
7 तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
8 यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”
9 (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो।
10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।)
11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्,
12 कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्,
13 जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
14 यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
15 बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
16 उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
17 अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ।
18 तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ।
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्।
20 तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
21 येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु।
22 छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग।
23 र आफ्नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर।
25 यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं।
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
27 र दियाबलसलाई मौका नदेओ।
28 चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्।
29 तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।
30 अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ।
31 सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
यूहन्ना 14 : 1 – 31
1 “तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर।
2 मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?
3 अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।
4 जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।”
5 थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने?”
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
7 तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ।”
8 फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्। त्यति भए हामीलाई पुग्छ।”
9 येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्?’
10 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्दछु, त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ।
11 मलाई विश्वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्छ। नत्रभने यी कामहरूकै खातिर विश्वास गर।
12 “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु।
13 तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु।
14 तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
16 र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ।
17 यिनी सत्यका आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।
18 “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।
19 अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ।
20 त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु।
21 मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।”
22 यहूदाले (इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्छ, र संसारलाई चाहिँ होइन?”
23 येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं।
24 मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो।
25 “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ।
26 तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ।
27 शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्।
28 “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्दा महान् हुनुहुन्छ।
29 अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक।
30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्यसको ममाथि केही शक्ति छैन।
31 तर म पितालाई प्रेम गर्दछु, र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्। उठ, हामी यहाँबाट जाऔं।”
हिब्रू 8 : 12
12 किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ।”
कलस्सी 3 : 12 – 14
12 यसकारण परमेश्वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
14 यी सबैभन्दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्पूर्ण एकतामा एकसाथ बाँध्छ।
हितोपदेश 21 : 19
19 झगड़ालु र रिसाहा पत्नीसँग बस्नुभन्दा बरु मरुभूमिमा बस्नु बेस।
मत्ती 5 : 22
22 तर म तिमीहरूलाई भन्दछु, जो कोही आफ्नो भाइसँग क्रोध गर्दछ त्यो दण्डको योग्य हुनेछ, र जसले आफ्नो भाइको अपमान गर्दछ, त्यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्नो भाइलाई ‘तँ मूर्ख’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ।
एफिसी 4 : 3
3 शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो।
हितोपदेश 12 : 1 – 28
1 ताड़नालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबूझ हो।
2 असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ।
3 दुष्टताले मानिस स्थापित हुन सक्दैन, तर धर्मीको जरा भने उखेल्न सकिनेछैन।
4 चरित्रवान् पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नीचाहिँ तिनका हड्डी सड़ेको जस्तै हो।
5 धर्मीका योजनाहरू न्यायसङ्गत हुन्छन्, तर दुष्टका सल्लाहहरू छलपूर्ण हुन्छन्।
6 दुष्टको वचनले कसैको रगत बगाउन ढुकिरहन्छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ।
7 दुष्ट मानिसहरू फालिन्छन् र तिनीहरू रहनेछैनन्, तर धर्मीको घर दृढ़तासाथ खड़ा रहन्छ।
8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो-टेढ़ो मन भएको मानिस तुच्छ ठहरिन्छ।
9 आफू प्रतिष्ठित व्यक्ति भइटोपलेर आहार नै नहुनुभन्दा, आफू केही नभएर पनि आफ्नो एक जना दास हुनु बेस हो।
10 धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबैभन्दा दयालु काम पनि निर्दयी हुन्छ।
11 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने विनासमझको हुन्छ।
12 दुष्टले खराब मानिसहरूले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मीचाहिँ जरा गाड़ेर बस्छ।
13 खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस सङ्कष्टबाट उम्कन्छ।
14 मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ।
15 मूर्खको बाटो आफ्नो नजरमा ठीकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ।
16 मूर्खले आफ्नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्लिदिन्छ।
17 एक सत्यवादी साक्षीले ईमानदार गवाही दिन्छ, तर झूटो साक्षीले झूटो कुरा बोल्छ।
18 असावधान वचनले मानिसलाई तरवारले झैँ घोच्छ, तर बुद्धिमान्को बोलीले निको पार्छ।
19 सत्य बोल्ने ओठ सधैँ स्थिर रहन्छन्, तर झूट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ।
20 खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढ़ौती गर्नेलाई रमाहट हुन्छ।
21 धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दु:ख-कष्टले भरिएका हुन्छन्।
22 परमप्रभु झूटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ।
23 एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झ्वाट्टै प्रकट गर्छ।
24 लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्यचाहिँ कमारोपन हो।
25 चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ।
26 धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बरालिदिन्छ।
27 अल्छे शिकारीले शिकार फेला पार्दैन, तर लगनशील मानिसले धन-सम्पत्ति पाउँछ।
28 धार्मिकताको मार्गमा जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व छ।
फिलिप्पी 2 : 12 – 13
12 यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरेजस्तो होइन, तर अब झन् बढ़ी मेरो अनुपस्थितिमा डर र कम्पसाथ तिमीहरूको आफ्नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ।
Leave a Reply