अश्लील र विवाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अश्लील र विवाह

१ कोरिन्थी 7 : 2
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

१ कोरिन्थी 6 : 18
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

१ थेसलोनिकी 4 : 1 – 18
1 अन्‍त्‍यमा भाइहरू, प्रभु येशूमा हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्छौं र अर्ती दिन्‍छौं, कि तिमीहरूले कसरी जिउनु र परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउनुपर्छ भन्‍ने तिमीहरूले हामीबाट सिक्‍यौ र त्‍यसो गर्दै पनि छौ, त्‍यसैमा तिमीहरू झन्‌ बढ्‌दैजाओ।
2 किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन-कुन आदेशहरू तिमीहरूलाई दियौं।
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।
6 यस विषयमा कसैले अपराध गरेर आफ्‍नो भाइलाई खराबी नगरोस्, किनकि यस्‍ता सबै कुरामा बदला लिनुहुने प्रभु नै हुनुहुन्‍छ। हामीले तिमीहरूलाई अगाडि नै यसबारे गम्‍भीर चेताउनी दिएका छौं।
7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको निम्‍ति होइन, तर पवित्रतामा बोलाउनुभएको छ।
8 यसैकारण जसले यस कुराको अवहेलना गर्छ त्‍यसले मानिसको होइन, तर परमेश्‍वरको अवहेलना गर्छ, जुन परमेश्‍वरले तिमीहरूलाई आफ्‍ना पवित्र आत्‍मा दिनुहुन्‍छ।
9 तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्‍न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौ।
10 माकेडोनियाभरि सबै भाइहरूलाई तिमीहरू साँच्‍चै नै प्रेम गर्दछौ। तर भाइ हो, झन्‌ बढ़ी त्‍यसै गर्दैजाओ भनी हामी तिमीहरूलाई अर्ती-उपदेश दिन्‍छौं।
11 हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्‍त रहने, आफ्‍नै धन्‍धाको फिक्री गर्ने र आफ्‍नै हातले काम गर्ने प्रयत्‍न गर,
12 ताकि बाहिरकाहरूद्वारा आदर पाउन सक, र कसैको भरमा नपर।
13 तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, र तिमीहरूले आशा नहुने मानिसहरूजस्‍ता शोक गर्नु नपरोस्‌।
14 किनकि हामी विश्‍वास गर्छौं, कि येशू मर्नुभयो र फेरि जिइउठ्‌नुभयो र त्‍यसरी नै परमेश्‍वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्‍याउनुहुनेछ।
15 प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी, जो जीवित छौं र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौं, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौं।
16 किनकि प्रभु स्‍वयम्‌ हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनुहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्‌नेछन्‌।
17 तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्‌न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
18 यसैकारण एकले-अर्कोलाई यी वचनहरूले सान्‍त्‍वना देओ।

याकूब 1 : 14 – 15
14 तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ।

गलाती 5 : 19 – 21
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।

१ पत्रुस 2 : 13 – 14
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌।

मर्कूस 7 : 20 – 23
20 उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।
21 किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।
23 यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *