यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लुबिम्स
२ इतिहास 12 : 3
3 मिश्रदेशका राजा शीशकले बाह्र सय रथ र साठी हजार घोड़चढ़ी लिएर यरूशलेममाथि आक्रमण गरे। अनि शीशकको साथ मिश्रदेशबाट आएका असंख्य लिबियाली, सुक्किया र कूशीहरू पछि लागेका थिए।
२ इतिहास 16 : 8
8 के कूशीहरू र लिबियालीहरू असंख्य रथहरू र घोड़चढ़ीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईंले परमप्रभुमाथि भरोसा राख्नुभयो, तब उहाँले उनीहरूलाई तपाईंको हातमा सुम्पिदिनुभयो।
इजकिएल 27 : 10
10 “‘फारस, लूद र पूतका मानिसहरू तेरो सेनामा सिपाहीका काम गर्थे, तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगेर तेरो गौरव बढ़ाइदिए।
प्रेरित 2 : 10
10 अनि फ्रिगिया, पामफिलिया, मिश्र र कुरेनीमा पर्ने लिबियाका कतिपय क्षेत्रहरू र रोमबाट आएका यहूदी र यहूदी मत मान्नेहरू दुवै छौं,
Leave a Reply