रुबेन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रुबेन

उत्‍पत्ति 29 : 32
32 लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्‍ची नै परमप्रभुले मेरो दु:ख देख्‍नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्‍छ।”

१ इतिहास 2 : 1
1 इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

उत्‍पत्ति 30 : 14
14 गहूँ फसलको बेलामा रूबेन खेतमा गए, र विशाखमूलहरू भेट्टाएर आफ्‍नी आमा लेआकहाँ ल्‍याए। राहेलले लेआलाई भनिन्, “कृपा गरी तपाईंको छोराले ल्‍याएका विशाखमूलहरूबाट मलाई केही दिनुहोस्।”

उत्‍पत्ति 35 : 22
22 इस्राएल त्‍यस देशमा रहँदा रूबेन तिनकी भित्रिनी बिल्‍हासँग सुते, र इस्राएलले यो कुरा सुने।

उत्‍पत्ति 49 : 4
4 पानीजस्‍तो चञ्‍चल तँ, तेरो प्रतिष्‍ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्‍यो अशुद्ध पारिस्‌— तँ मेरो ओछ्यानमा चढ़िस्‌!

१ इतिहास 5 : 1
1 इस्राएलका छोराहरूमध्‍ये सबैभन्‍दा जेठा रूबेनका छोराहरू (वास्‍तवमा तिनी पहिले जन्‍मेका छोरा थिए, तर तिनले आफ्‍ना पिताको एउटी उपपत्‍नीलाई व्‍यभिचार गरेको कारण ज्‍येष्‍ठ अधिकार इस्राएलका छोरा योसेफका छोराहरूलाई दिइयो, र तिनीचाहिँ सूचीमा जेठा छोरा गनिन सकिएनन्‌।

उत्‍पत्ति 37 : 30
30 र भाइहरूकहाँ गएर भने, “केटो त छैन त? अब म कहाँ जाऊँ?”

उत्‍पत्ति 42 : 22
22 रूबेनले उनीहरूलाई जवाफ दिए, “त्‍यस ठिटाको विरुद्ध अपराध नगर भनी मैले तिमीहरूलाई भनेको होइन? तर तिमीहरूले सुन्‍दै सुनेनौ। अब त्‍यसका रगतको बदला हामीले भोग्‍नुपर्छ।”

उत्‍पत्ति 42 : 37
37 तब रूबेनले आफ्‍ना बाबुलाई भने, “यदि मैले बेन्‍यामीनलाई तपाईंकहाँ ल्‍याइनँ भने मेरा दुई छोराहरूको प्राण लिनुहोस्‌। बेन्‍यामीनलाई मेरो जिम्‍मामा दिनुहोस्‌। त्‍यसलाई म तपाईंकहाँ फर्काएर ल्‍याउनेछु।”

उत्‍पत्ति 49 : 4
4 पानीजस्‍तो चञ्‍चल तँ, तेरो प्रतिष्‍ठा कायम रहनेछैन, किनभने तेरा बुबाको पलङ्गमा तँ चढ़िस्, र त्‍यो अशुद्ध पारिस्‌— तँ मेरो ओछ्यानमा चढ़िस्‌!

उत्‍पत्ति 46 : 9
9 रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी।

प्रस्‍थान 6 : 14
14 तिनीहरूका परिवारका मुख्‍य-मुख्‍य मानिसहरू यी नै हुन्‌: इस्राएलका पहिले जन्‍मेका रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्‌।

१ इतिहास 5 : 6
6 र तिनका छोरा बीरह, जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेरले कैद गरेर लगे। बीरह रूबेनीहरूका एक प्रधान थिए।

गन्ती 16 : 1
1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *