यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राज्यको कुञ्जीहरू
मत्ती 16 : 19
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
मत्ती 18 : 18
18 “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ। अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ।
यशैया 22 : 22
22 दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन।
१ पत्रुस 3 : 22
22 उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिहरूलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ।
यशैया 22 : 20 – 23
20 “त्यो दिन हिल्कियाहको छोरो एल्याकीम मेरो दासलाई म बोलाउनेछु।
21 म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र तेरो पटुका त्यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्यसको हातमा सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरू र यहूदाका घरानाको बुबा हुनेछ।
22 दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन।
23 म त्यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्नेछु। त्यो आफ्नो बुबाको घरको निम्ति एउटा सम्मानको आसन हुनेछ।
प्रकाश 5 : 10
10 र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।”
रोमी 8 : 5
5 किनभने पापमय स्वभावअनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्, तर आत्माअनुसार चल्नेहरूले आत्माका कुरामा मन लगाउँछन्।
आमोस 3 : 7
7 निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न।
Leave a Reply