राज्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राज्य

१ कोरिन्थी 4 : 20
20 किनकि परमेश्‍वरको राज्‍य कुरामा होइन, तर शक्तिमा हुन्‍छ।

रोमी 14 : 17 – 18
17 किनभने परमेश्‍वरको राज्‍य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्‍मामा धार्मिकता, शान्‍ति र आनन्‍द हो।
18 जसले यस किसिमले ख्रीष्‍टको सेवा गर्दछ, त्‍यो परमेश्‍वरलाई मन पर्ने र मानिसहरूबाट असल ठहरिएको हुन्‍छ।

मत्ती 10 : 7 – 8
7 ‘स्‍वर्गको राज्‍य नजिकै आइपुगेको छ,’ भन्‍दै प्रचार गर।
8 बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।

१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

लूका 1 : 33
33 उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।”

मत्ती 18 : 1
1 त्‍यही समय चेलाहरू येशूकहाँ आएर सोधे, “स्‍वर्गको राज्‍यमा सबैभन्‍दा महान्‌ को हो?”

मत्ती 6 : 33
33 तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।

२ कोरिन्थी 5 : 17
17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *