यौवन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यौवन

१ कोरिन्थी 13 : 11
11 जब म बालक थिएँ तब बालकजस्‍तै बोल्‍थें, बालकले जस्‍तो विचार गर्थें, बालकले जस्‍तै तर्क गर्थें, तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ।

एफिसी 6 : 4
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

१ थेसलोनिकी 4 : 4
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,

हितोपदेश 22 : 6
6 बालकलाई ऊ हिँड्‌नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्‍थासम्‍म ऊ त्‍यसबाट तर्किएर जाँदैन।

प्रेरित 3 : 19
19 यसकारण पश्‍चात्ताप गर्नुहोस्‌ र फर्कनुहोस्, कि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्‍थितिबाट आनन्‍दको समय आओस्,

हितोपदेश 13 : 24
24 छड़ी नचलाउने बुबाले आफ्‍नो छोरालाई घृणा गर्छ, तर त्‍यसलाई प्रेम गर्ने बुबाले होशियारीसाथ त्‍यसलाई अनुशासन दिन्छ।

प्रस्‍थान 20 : 12
12 “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *