येशू नम्र हुनुहुन्थ्यो

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशू नम्र हुनुहुन्थ्यो

फिलिप्पी 2 : 5 – 11
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।
6 परमेश्‍वरको स्‍वरूपमा भएर पनि उहाँले परमेश्‍वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्‍ने वस्‍तुजस्‍तो ठान्‍नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्‍य भएर जन्‍मनुभयो।
8 स्‍वरूपमा मानिसजस्‍तै भएर आफैलाई होच्‍याउनुभयो, र मृत्‍युसम्‍मै, अर्थात्‌ क्रूसको मृत्‍युसम्‍मै आज्ञाकारी रहनुभयो।
9 त्‍यसैकारण परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो, र उहाँलाई त्‍यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्‍दा उच्‍च छ,
10 कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ,
11 र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

२ कोरिन्थी 8 : 9
9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्‍थ्‍यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक।

यूहन्‍ना 12 : 12 – 16
12 भोलिपल्‍ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्‍छ भन्‍ने सुन्‍यो,
13 र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्‍वागत गर्न कराउँदै निस्‍के, “होसन्‍ना! धन्‍य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!”
14 अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्‍यसमाथि चढ्‌नुभयो, जस्‍तो लेखिएको छ,
15 “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ।”
16 यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्‌। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्‍ति तिनीहरूले गरेका हुन्‌ भन्‍ने तिनीहरूले सम्‍झे।

मर्कूस 10 : 45
45 किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्‍ति आफ्‍नो प्राण दिन आएको हो।”

हिब्रू 4 : 15
15 किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *