यहोजादक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यहोजादक

१ इतिहास 6 : 15
15 जब परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट कैदमा पठाउनुभयो, तब यहोसादाक पनि निर्वासनमा लगिए।

एज्रा 3 : 2
2 तब परमेश्‍वरका जन मोशाको व्‍यवस्‍थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्ने काममा लागे।

एज्रा 3 : 8
8 यरूशलेममा भएको परमेश्‍वरको भवनमा फर्केर आएका दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले र तिनीहरूका बाँकी दाजुभाइहरू, अर्थात्‌ पूजाहारीहरू र लेवीहरू र कैदबाट यरूशलेममा फर्केर आएका सबै जनाले काम सुरु गरे। परमप्रभुका भवनको निर्माण-कार्यको रेखदेख गर्न बीस वर्ष र त्‍यसभन्‍दा उँभोका लेवीहरूलाई तिनीहरूले नियुक्त गरे।

एज्रा 5 : 2
2 तब शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअले यरूशलेममा परमेश्‍वरका भवनको पुनर्निर्माण गर्न थाले। र परमेश्‍वरका अगमवक्ताहरूले पनि तिनीहरूका साथ दिएर तिनीहरूलाई सघाए।

एज्रा 10 : 18
18 विदेशी स्‍त्री विवाह गर्नेहरू पूजाहारी परिवारहरूका: योसादाकका छोरा येशूअ र तिनका दाजुभाइहरूका: मासेयाह, एलीएजर, यारीब र गदल्‍याह थिए।

नहेम्‍याह 12 : 26
26 येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्‍यपाल नहेम्‍याह र पूजाहारी-शास्‍त्री एज्राका पालामा तिनीहरूले सेवा गरेका थिए।

हाग्‍गै 1 : 1
1 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो।

हाग्‍गै 1 : 12
12 तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिनलाई पठाउनुभएको कारणले, शालतिएलका छोरा यरुबाबेल, यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजासमेतले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज र हाग्‍गै अगमवक्ताको कुरा पालन गरे। अनि मानिसहरूले परमप्रभुको डर माने।

हाग्‍गै 1 : 14
14 यसकारण परमप्रभुले शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेल र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजाका आत्‍मालाई उत्तेजित पार्नुभयो। तिनीहरू आएर सर्वशक्तिमान्‌ परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा काम गर्न सुरु गरे।

हाग्‍गै 2 : 2
2 “शालतिएलको छोरो यहूदाको राज्‍यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्‌।

हाग्‍गै 2 : 4
4 परमप्रभु भन्‍नुहुन्‍छ, ‘तर अब हे यरुबाबेल, साहस गर्, र हे यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू, साहस गर्‌।’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘देशका सबै प्रजा हो, साहस गर, काम सुरु गर। किनकि म तिमीहरूका साथमा छु’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

जकरिया 6 : 11
11 सुन र चाँदी लिएर एउटा मुकुट बना, र त्‍यो यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशूको शिरमा लगाइदे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *