अलविदा भन्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अलविदा भन्दै

गन्ती 6 : 24 – 26
24 परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।
25 परमप्रभुले आफ्‍नो मुख तिमीहरूमाथि चम्‍काऊन्, र तिमीहरूलाई अनुग्रह गरून्‌।
26 परमप्रभुले आफ्‍नो चेहरा तिमीहरूमाथि प्रकाश गरून्, र तिमीहरूलाई शान्‍ति देऊन्।’

उपदेशक 3 : 1 – 15
1 सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
2 जन्‍मने एउटा समय छ, र मर्ने एउटा समय। रोप्‍ने एउटा समय छ, र उखेल्‍ने एउटा समय।
3 मार्ने एउटा समय छ, र निको पार्ने एउटा समय। भत्‍काउने एउटा समय छ, र बनाउने एउटा समय।
4 रुने एउटा समय छ, र हाँस्‍ने एउटा समय। शोक गर्ने एउटा समय छ, र नाच्‍ने एउटा समय।
5 ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्‍ने एउटा समय। अँगाल्‍ने एउटा समय छ, र अलग रहने एउटा समय।
6 खोज्‍ने एउटा समय छ, र छोड़िदिने एउटा समय। राख्‍ने एउटा समय छ, र फाल्‍ने एउटा समय।
7 च्‍यात्‍ने एउटा समय छ, र मरम्‍मत गर्ने एउटा समय। चूप लाग्‍ने एउटा समय छ, र बोल्‍ने एउटा समय।
8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।
9 काम गर्नेले आफ्‍नो परिश्रमबाट के लाभ पाउँछ र?
10 परमेश्‍वरले मानिसहरूमाथि राखिदिनुभएको भार मैले देखेको छु।
11 उहाँले हरेक कुरालाई आफ्‍नो समयमा सुन्‍दर बनाउनुभएको छ। उहाँले मानिसका हृदयमा अनन्‍तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्‍वरले आदिदेखि अन्‍त्‍यसम्‍म के गर्नुभएको छ त्‍यसको गहिराइलाई बुझ्‍न सक्‍दैनन्‌।
12 म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन।
13 परमेश्‍वरको दान यही हो कि हरेक मानिसले खाओस्, पिओस्, र आफ्‍नो सारा परिश्रममा सन्‍तुष्‍ट रहोस्‌।
14 मलाई थाहा छ कि परमेश्‍वरले जे गर्नुहुन्‍छ त्‍यो सधैँभरि नै रहिरहन्‍छ। त्‍यसमा केही थप्‍न वा घटाउन सकिँदैन। मानिसहरूले उहाँलाई श्रद्धा गरून्‌ भनी परमेश्‍वर यसो गर्नुहुन्‍छ।
15 जे छ त्‍यो अघिदेखि नै थियो, जे हुनेछ त्‍यो पहिलेदेखि थियो। परमेश्‍वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्‍छ।

भजनसंग्रह 21 : 6
6 साँच्‍चै तपाईंले उनलाई अनन्‍तको आशिष्‌ दिनुहुन्‍छ, अनि आफ्‍नो उपस्‍थितिको आनन्‍दले उनलाई हर्षित बनाउनुहुन्‍छ।

एफिसी 6 : 10
10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।

भजनसंग्रह 121 : 1 – 8
1 यात्राको गीत [1] पर्वतहरूतिर म आफ्‍ना आँखा उचाल्‍छु। मेरो गुहार कहाँबाट आउँछ?
2 स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।
3 उहाँले तिम्रा खुट्टा चिप्‍लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्‍यै उँघ्‍‌नुहुनेछैन।
4 साँच्‍ची नै इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न त उँघ्‍‌नुहुन्‍छ न सुत्‍नुहुन्‍छ।
5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्‍छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्‍छ।
6 दिउँसो घामले तिम्रो हानि गर्नेछैन, न त जूनले राती तिम्रो कुनै हानि गर्नेछ।
7 परमप्रभुले तिमीलाई सबै विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा गरिदिनुहुनेछ।
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्‍म।

उत्‍पत्ति 24 : 56
56 तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “मलाई नअलमल्‍याउनुहोस्‌। अब परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको छ। मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *