मेफिबोशेथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेफिबोशेथ

२ शमूएल 21 : 9
9 दाऊदले तिनीहरूलाई गिबोनीहरूका हातमा सुम्‍पिदिए, र उनीहरूले तिनीहरूलाई परमप्रभुको सामुन्‍ने पहाड़मा मारेर खुलस्‍त गराइदिए। ती सातै जना एकसाथ तल खसे। तिनीहरू जौका कटनीको सुरुमा फसलको पहिलो दिनमा मारिए।

२ शमूएल 4 : 4
4 (शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्‍युको समाचार आउँदा त्‍यो पाँच वर्षको थियो। त्‍यसकी धाईले त्‍यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्‍यो लड्‌यो, र लङ्गड़ो भयो। त्‍यसको नाउँ मपीबोशेत थियो।)

१ इतिहास 8 : 34
34 जोनाथनका छोरा: मरीब्‍बाल थिए, जो मीकाका पिता थिए।

१ इतिहास 9 : 40
40 जोनाथनका छोरा: मरीब्‍बाल, जो मीकाका पिता थिए।

२ शमूएल 4 : 4
4 (शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्‍युको समाचार आउँदा त्‍यो पाँच वर्षको थियो। त्‍यसकी धाईले त्‍यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्‍यो लड्‌यो, र लङ्गड़ो भयो। त्‍यसको नाउँ मपीबोशेत थियो।)

२ शमूएल 9 : 7
7 दाऊदले भने, “नडराऊ। म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया देखाउन चाहन्‍छु। म तिमीलाई तिम्रा बाजे शाऊलका सबै जग्‍गाजमिन फर्काइदिनेछु। तिमी मेरा टेबिलमा बसेर मसँगै खानेछौ।”

२ शमूएल 21 : 7
7 दाऊदले परमप्रभुको सामु शाऊलका छोरा जोनाथनको खातिर शपथ खाएका हुनाले शाऊलका नाति, जोनाथनका छोरा मपीबोशेतलाई बचाइराखे।

२ शमूएल 9 : 10
10 तैंले, तेरा छोराहरू र तेरा चाकरहरूले उनको जग्‍गाजमिनमा खेतीपाती गरेर त्‍यसको फसल तेरा मालिकको घरानालाई जुटाउनुपर्छ। अनि मपीबोशेत, तेरा मालिकका नातिले मेरो टेबिलमा बसेर खानेछन्‌।” (सीबाका पन्‍ध्र छोरा र बीस चाकरहरू थिए।)

२ शमूएल 16 : 4
4 राजाले सीबालाई भने, “मपीबोशेतका सबै थोक तिमीले पाउनेछौ।” सीबाले भन्‍यो, “हे हजूर, मेरा महाराज, म त हजूरको एक क्षुद्र दास हुँ। हजूरको दृष्‍टिमा निगाह पाऊँ।”

२ शमूएल 19 : 30
30 मपीबोशेतले भने, “त्‍यसले नै सबै लैजाओस्, किनभने हजूर कुशलसित घर आइपुग्‍नुभयो।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *