यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृत्यु पछि के हुन्छ
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
रोमी 6 : 23
23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।
होशे 13 : 14
14 “म तिनीहरूलाई चिहानको [1] शक्तिदेखि मोल तिरेर छुटाउनेछु। म तिनीहरूलाई मृत्युदेखि मुक्त गर्नेछु। ए मृत्यु, तेरा महामारीको प्रकोप कहाँ छ? ए चिहान, तेरो नाश गर्ने शक्ति कहाँ छ?
प्रकाश 21 : 8
8 तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।
यूहन्ना 11 : 11 – 14
11 त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर तिनलाई निद्राबाट बिउँझाउन म त्यहाँ जान्छु।”
12 चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन्।”
13 येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिँ स्वाभाविक निद्राको विषयमा भन्नुभएको हो भन्ठाने।
14 येशूले तिनीहरूलाई स्पष्ट भनिदिनुभयो, “लाजरस मरेका छन्।
उपदेशक 9 : 5
5 किनभने हामीहरू मर्नेछौं भनी जीवितहरूले जान्दछन्, तर मरेकाहरूले त केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरूको सम्झना पनि लोप हुन्छ।
मत्ती 25 : 46
46 “तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्’।”
मत्ती 25 : 41
41 “त्यसपछि उनले देब्रेपट्टिका मानिसहरूलाई भन्नेछन्, ‘श्रापित मानिस हो! मबाट दूर होओ, र दियाबलस र त्यसका दूतहरूका लागि तयार गरिएको अनन्तको आगोमा जाओ।
उत्पत्ति 19 : 1 – 38
1 साँझमा ती दुई स्वर्गदूतहरू सदोममा आए। त्यस बेला लोत सदोमको मूल ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेर लोत भेट गर्न उठे, र भूइँसम्म निहुरेर दण्डवत् गरी भने,
2 “हजूर, कृपा गरी आफ्नो दासको घरमा पाल्नुहोस्, र त्यहीँ रात बिताउनुहोस्। तपाईंहरू आफ्ना पाउ धुनुहोस् र बिहान सबेरै उठेर जानुहोस्।” उनीहरूले भने, “अँहँ, हामी बाहिर चोकमा नै सुत्नेछौं।”
3 तिनले उनीहरूलाई ज्यादै ढिपी लाएर बिन्ती गरे। यसैले उनीहरू तिनको साथ लागेर तिनको घरमा गए। तिनले उनीहरूलाई भोज दिए, र खमिर नहालेको रोटी बनाएर उनीहरूका सामुन्ने राखिदिए, र उनीहरूले खाए।
4 उनीहरू सुत्न अघि सदोम सहरका के युवक के बूढ़ा एउटै पनि नछोड़ी जम्मै मानिसहरू आएर लोतको घर रिङ्गै घेरे।
5 तिनीहरूले लोतलाई बोलाएर भने, “बेलुकी तिमीकहाँ आएका मानिसहरू कहाँ छन्? उनीहरूलाई यहाँ बाहिर हामीकहाँ ल्याऊ, र हामी उनीहरूसँग भोग गरौं।”
6 लोत ढोकाबाहिर तिनीहरूकहाँ गएर ढोकाचाहिँ आफ्नो पछिल्तिर थुनिदिए,
7 र तिनीहरूलाई भने, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्तो दुष्ट काम नगर्नुहोस्।
8 कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्। बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्याइदिनेछु। तपाईंहरूको इच्छाअनुसार तिनीहरूसित व्यवहार गर्नुहोस्। तर यी मानिसहरूलाई केही नगर्नुहोस्, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्।”
9 तर तिनीहरूले भने, “पछि हट्।” अनि तिनीहरूले भने, “हामीसँग बसोबास गर्न आएको यो मानिस अब हाम्रो न्यायकर्ता हुन खोज्दोरहेछ। अब उनीहरूलाई भन्दा तँलाई हामी नराम्रो व्यवहार गर्नेछौं।” तब तिनीहरूले लोतलाई घचेटे, र ढोका फोर्नलाई अगि बढ़े।
10 तर भित्रका ती दुई मानिसहरूले आफ्ना हात बढ़ाएर लोतलाई तानी आफूकहाँ घरभित्र हुले, र ढोका थुनिदिए,
11 र उनीहरूले घरका ढोकानेर भएका साना-ठूला जम्मै मानिसहरूलाई अन्धा पारिदिए। तब ती मानिसहरूले ढोका भेट्टाउन सकेनन्।
12 ती दुई मानिसहरूले लोतलाई भने, “तिमीसँग यहाँ अरू कोही छन्? जुवाइँ, कि छोराछोरीहरू, अथवा सहरमा तिम्रा अरू जो भए पनि तिनीहरूलाई लिएर यस ठाउँबाट निस्केर जाऊ,
13 किनभने हामी यस ठाउँलाई नष्ट पार्नेछौं, किनकि यहाँका मानिसहरूका विरुद्धमा उठेको आवाज परमप्रभुको अगि यति ठूलो भएको छ कि यस सहरलाई सर्वनाश गर्न परमप्रभुले हामीलाई पठाउनुभएको छ।”
14 यसैकारण आफ्ना छोरीहरूलाई विवाह गर्न माग्ने जुवाइँहरूकहाँ गएर लोतले भने, “उठ, यस ठाउँबाट गइहालौं, किनभने परमप्रभुले यो सहर नष्ट पार्नुहुनेछ।” तर जुवाइँहरूलाई त तिनले ठट्टा गरेजस्तो लाग्यो।
15 उज्यालो हुन लाग्दा ती दूतहरूले लोतलाई यसो भनेर आतुरी लाए, “उठ, तिम्री पत्नी र यहाँ भएका तिम्रा दुई छोरीहरूलाई लिएर गइहाल, नत्रता यस सहरले पाउने सजायमा तिमी पनि भस्म हुनेछौ।”
16 जब तिनले आलटाल गरिरहे, तब ती मानिसहरूले तिनका, तिनकी पत्नीका र दुवै छोरीहरूका हात समातेर सहरबाहिर ल्याए। किनभने परमप्रभुको दया तिनीहरूमाथि थियो।
17 तिनीहरूलाई बाहिर ल्याएपछि उनीहरूमा एक जनाले भने, “आफ्नो ज्यान जोगाउनलाई भाग, फर्केर पछाड़ि नहेर, र बेँसीमा कतै पनि नअड़िनू, तर पहाड़तिर भाग, नत्रता तिमीहरू भस्म हुनेछौ।”
18 तब लोतले उनीहरूलाई भने, “हजूर हो, त्यसो नहोस्।
19 हेर्नुहोस्, तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, र मेरो प्राण बचाएर तपाईंहरूले मलाई ठूलो करुणा देखाउनुभएको छ। म पहाड़तिर भाग्न सक्दिनँ, नत्रता यस विपत्तिमा परेर म मर्नेछु।
20 हेर्नुहोस्, ऊ त्यो सहर भाग्नलाई नजिकै छ, र त्यो सानो पनि छ। मलाई त्यहीँ नै भाग्न दिनुहोस्— त्यो साह्रै सानो छैन र? त्यहाँ गए मेरो प्राण बाँच्ला।”
21 उनले तिनलाई भने, “हेर, यस विषयमा मैले तेरो बिन्ती ग्रहण गरें। तैंले भनेको सहरलाई चाहिँ म भस्म गर्नेछैनँ।
22 चाँड़ो गरेर त्यहीँ नै भागिजा, किनकि तँ त्यहाँ नपुगुञ्जेल म केही गर्न सक्दिनँ।” (यसैले त्यस सहरको नाउँ सोअर राखियो।)
23 लोत सोअरमा पुग्दा सूर्य उदाइसकेको थियो।
24 तब परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट आगो र गन्धक बर्साउनुभयो।
25 यसरी उहाँले ती सहरहरू र जम्मै बेँसी र सहरहरूका सबै बासिन्दाहरू र जमिनमा उम्रेका सबै थोक सर्वनाश गरिदिनुभयो।
26 तर लोतकी पत्नीले पछाड़ि फर्केर हेरिन्, र तिनी नूनको थाम भइहालिन्।
27 अब्राहाम सबेरै उठेर तिनी परमप्रभुको सामु उभिएको ठाउँमा गए।
28 तिनले तल सदोम, गमोरा र बेँसीका सबै जग्गातिर हेरे। र त्यस ठाउँबाट धूवाँ भट्टीको धूवाँजस्तै मास्तिर उठिरहेको तिनले देखे।
29 यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्वरले अब्राहामलाई सम्झनुभयो। लोत बसेको सहरलाई उहाँले नष्ट पार्नुहुँदा त्यस सर्वनाशको बीचबाट लोतलाई निकाल्नुभयो।
30 लोत सोअरबाट निस्केर आफ्ना दुवै छोरीहरूका साथमा पहाड़मा गएर बस्न लागे, किनभने सोअरमा बस्न तिनी डराए। तिनी आफ्ना दुवै छोरीहरूसँग एउटा ओड़ारमा बस्न लागे।
31 एक दिन जेठीले कान्छीलाई भनी, “हाम्रा बुबा वृद्ध हुनुभएको छ। र संसारको रीतिबमोजिम हामीकहाँ आउने पृथ्वीमा कुनै मानिस छैन।
32 यसैले अब हामी आफ्ना बुबालाई मद्य खुवाएर उहाँसित सुतौं, र आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”
33 त्यसै रात तिनीहरूले आफ्ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्ना पिताकहाँ गएर सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही अत्तोपत्तो भएन।
34 भोलिपल्ट जेठीले कान्छीलाई भनी, “हेर्, हिजो राती म बुबासित सुतें। आज राती पनि उहाँलाई मद्य खुवाऔं, र तँ गएर उहाँसित सुत्, र हामी आफ्ना पिताबाट सन्तान खड़ा गरौं।”
35 यसरी तिनीहरूले त्यस रात पनि आफ्ना पितालाई दाखमद्य खुवाए, र कान्छीचाहिँ गएर उहाँसित सुती। त्यो सुत्न आएकी र उठेर गएकी लोतलाई केही थाहै भएन।
36 यसरी लोतका दुवै छोरीहरू आफ्ना पिताबाट गर्भवती भए।
37 तब जेठीले एक जना छोरो जन्माई र उसले त्यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्।
38 कान्छीले पनि एक जना छोरो जन्माई, र उसले त्यसको नाउँ बेन-अमी राखी। हिजोआजका अम्मोनीहरूका पुर्खा यिनी हुन्।
प्रस्थान 20 : 1 – 26
1 अनि यी सब कुरा परमेश्वरले भन्नुभयो:
2 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
3 “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
4 “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु,
6 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
7 “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
8 “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू।
9 छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,
10 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्।
11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो।
12 “आफ्ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस्।
13 “हत्या नगर्नू।
14 “व्यभिचार नगर्नू।
15 “चोरी नगर्नू।
16 “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
17 “आफ्नो छिमेकीका घरको लालच नगर्नू। आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू।”
18 जब सारा मानिसहरूले गर्जन, बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धूवाँ उठिरहेको देखे, तब तिनीहरू थरथर काँपे र टाढ़ै उभिरहे।
19 तिनीहरूले मोशालाई भने, “तपाईं हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौं, तर परमेश्वर हामीसित नबोलून्, नत्रता हामी मर्नेछौं।”
20 मोशाले मानिसहरूलाई भने, “नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई, र उहाँको भय तिमीहरूका सामु रहोस्, र तिमीहरूले पाप नगर भनेर आउनुभएको छ।”
21 मानिसहरू टाढ़ै उभिरहे। परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोशा गए।
22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो भन्नू: स्वर्गबाट म तिमीहरूसित बातचीत गरेको तिमीहरू आफैले सुनेका छौ।
23 मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू। तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू।
24 “मेरो निम्ति माटोको वेदी बनाएर त्यसैमा तिमीहरूका होमबलि, मेलबलि, भेड़ाबाख्राहरू र गाईबस्तुहरू चढ़ाउनू। जहाँ-जहाँ म मेरो नाउँको आदर गराउनेछु, त्यहाँ-त्यहाँ आएर म तिमीहरूलाई आशिष् दिनेछु।
25 तिमीहरूले मेरो निम्ति ढुङ्गाको वेदी बनाउँदा कुँदेको ढुङ्गाको वेदी नबनाउनू। किनकि त्यसमा तिमीहरूको हतियार चलाउँदा तिमीहरूले त्यसलाई अशुद्ध पार्नेछौ।
26 र मेरै वेदीमा खुट्किलो बनाएर नउक्लनू। किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता उघ्रनेछ।
हिब्रू 9 : 27
27 जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ,
Leave a Reply