यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिसनरी काम
मर्कूस 16 : 15
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
मत्ती 28 : 19 – 20
19 यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।”
प्रेरित 6 : 4
4 तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।”
१ तिमोथी 4 : 12
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
प्रेरित 1 : 8
8 तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”
रोमी 10 : 14
14 तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने?
भजनसंग्रह 96 : 3
3 जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सबै मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर।
मर्कूस 16 : 15 – 16
15 अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
16 विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
१ पत्रुस 3 : 15
15 तर ख्रीष्टलाई प्रभु मानेर तिम्रो हृदयमा उहाँको श्रद्धा गर। तिमीहरूमा भएका आशाको विषयमा कसैले सोधपूछ गरे त्यसको जवाफ दिन सधैँ तत्पर बस, तर त्यो काम नम्रता र श्रद्धासाथ गर।
फिलिप्पी 4 : 6 – 7
6 कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
यूहन्ना 20 : 19 – 24
19 त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति!”
20 यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।
21 तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति! जसरी पिताले मलाई पठाउनुभयो, त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु।”
22 अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, “पवित्र आत्मा लेओ।
23 जसका पाप तिमीहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुनेछैन।
24 येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्।
१ कोरिन्थी 11 : 1 – 2
1 मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।
2 म तिमीहरूको तारिफ गर्दछु, किनकि सबै विषयमा तिमीहरू मलाई सम्झन्छौ, र मैले तिमीहरूलाई दिएका शिक्षाहरू कायम राख्तछौ।
लूका 18 : 29 – 30
29 तब उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्वरका राज्यको निम्ति त्याग्छ,
30 त्यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”
प्रेरित 2 : 38 – 39
38 पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर, र तिमीहरूका पाप-क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ, र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ।
39 किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
मत्ती 16 : 15 – 19
15 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?”
16 सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।”
17 येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।
18 म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली [1] यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन्।
19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ।”
एफिसी 5 : 1
1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ।
याकूब 2 : 26
26 जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
रोमी 2 : 6 – 16
6 किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ।
7 धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ।
8 तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ।
9 खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद् आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि।
10 तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ।
11 किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
12 सबै जसले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्ट पनि हुनेछन्, र व्यवस्थामुनि रहेर पनि पाप गर्नेहरूको इन्साफ व्यवस्थाद्वारा नै हुनेछ।
13 किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्।
14 किनकि व्यवस्था नहुने अन्यजातिहरू स्वाभावैले व्यवस्थाअनुसारका काम गर्दछन् भने, तिनीहरूको व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था हुन्छन्।
15 व्यवस्थाले चाहेका कुराहरू आफ्ना हृदयमा लेखिएका तिनीहरू देखाउँछन्, र तिनीहरूको आफ्नै विवेकले पनि गवाही दिन्छ, र तिनीहरूका विचारहरूले कहिले तिनीहरूलाई दोष्याउँछन्, र कहिले समर्थन गर्छन्।
16 यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचारअनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराको इन्साफ गर्नुहुनेछ।
प्रेरित 1 : 1 – 26
1 प्रिय थियोफिलस, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुराका विषयमा मेरो पहिलो पुस्तकमा मैले लेखेको छु।
2 आफैले छान्नुभएका प्रेरितहरूलाई येशूले पवित्र आत्माद्वारा आज्ञा दिनुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभएको दिनसम्मका सबै कुरा त्यस पुस्तकमा लेखिएका छन्।
3 आफ्नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्मुख उहाँले आफैलाई जीवित प्रस्तुत गर्नुभयो। चालीस दिनसम्म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्वरका राज्यको विषयमा तिनीहरूलाई बताउनुभयो।
4 तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।”
5 किनभने यूहन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ।”
6 यसकारण जब प्रेरितहरू भेला भए, तब तिनीहरूले उहाँलाई सोधे, “हे प्रभु, के तपाईंले इस्राएल राज्यको पुनर्स्थापन गरिदिनुहुनेछ?”
7 उहाँले तिनीहरूलाई भन्नुभयो, “पिताले आफ्नो अधिकारद्वारा तोक्नुभएको बेला वा समय जान्ने तिमीहरूको काम होइन।
8 तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।”
9 उहाँले यो कुरा भन्नुभएपछि, तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो।
10 जब तिनीहरूले उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेतो पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजिक खड़ा भए।
11 तिनीहरूले भने, “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।”
12 तब तिनीहरू जैतून भनिने पहाड़बाट यरूशलेम फर्के। यरूशलेमदेखि यो पहाड प्राय: एक किलोमिटर जति टाढ़ा पर्छ।
13 सहर भित्र पसेपछि तिनीहरू माथिल्लो तलाको आफू बस्ने कोठामा उक्ले। तिनीहरूचाहिँ पत्रुस, यूहन्ना, याकूब, अन्द्रियास, फिलिप र थोमा, बारथोलोमाइ र मत्ती, अल्फयसको छोरो याकूब र उग्रपन्थी दलको सिमोन र याकूबको छोरो यहूदा थिए।
14 कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।
15 ती दिनमा भाइहरूका बीचमा पत्रुस खड़ा भए (यी मानिसहरूको संख्या प्राय: एक सय बीस थियो), र भने,
16 “भाइ हो, धर्मशास्त्रको वचन पूरा हुनुपर्दथियो, जुन वचन येशूलाई पक्रनेहरूको अगुवा यहूदाको विषयमा दाऊदको मुखबाट अघिबाटै पवित्र आत्माले बोल्नुभएको थियो।
17 किनकि त्यसको गणना हामीसँगै भएको थियो। र यही सेवामा त्यसले हिस्सा पाएको थियो।”
18 त्यस मानिसले अधर्मको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुन्टो भई खस्यो र त्यसको भुँड़ी फुट्यो, र त्यसका सबै आन्द्रा-भुँड़ी निस्के।
19 यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाहा भयो। त्यो जग्गाको नाउँ तिनीहरूको आफ्नो भाषामा आखेल्दामा राखियो, अर्थात् रगतको खेत।
20 पत्रुसले भने, “किनकि भजनको पुस्तकमा यसो लेखिएको छ, ‘त्यसको वासस्थान उजाड होस्, र त्यहाँ वास गर्ने कोही नहोस्, र त्यसको कार्य पदाधिकार अर्कोले लिओस्।’
21 यसैकारण हाम्रा साथमा रहने मानिसहरूमध्ये यस्तो एक जना छान्नु आवश्यक छ, जुन व्यक्ति प्रभु येशू हाम्रा बीचमा रही भित्र-बाहिर गर्नुहुँदा सधैँ हामीसँग थियो,
22 अर्थात् यस्तो व्यक्ति जो यूहन्नाको बप्तिस्मादेखि लिएर उहाँ हामीबाट उँभो लगिनुभएको दिनसम्म हामीसँग थियो। त्यो मानिस हामी सँगसँगै उहाँको पुनरुत्थानको साक्षी हुनुपर्छ।”
23 तिनीहरूले दुई जना, अर्थात् बारसाबास भन्ने योसेफ, जसको कुलनाउँ युस्तस थियो, र मतियासको नाउँ प्रस्ताव गरे।
24 तिनीहरूले यसरी प्रार्थना गरे, “सबै मानिसका हृदयको कुरा जान्नुहुने प्रभु, यी दुईमध्ये तपाईंले कसलाई चुन्नुभएको छ सो हामीलाई देखाउनुहोस्,
25 र त्यो यस सेवा र प्रेरितको काममा प्रवेश गर्न सकोस्, जुन सेवाबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा मर्यो।”
26 अनि तिनीहरूले ती दुईका बीचमा गोला हाले, र मतियासको नाउँमा पर्यो, र एघार प्रेरितहरूसँग तिनको गणना भयो।
Leave a Reply