यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अर्नोन
गन्ती 21 : 13
13 त्यहाँबाट तिनीहरू यात्रा गरेर एमोरीहरूको सिमानाबाट निस्कने उजाड़-स्थानमा भएको अर्नोन खोलाको पारिपट्टि पाल टाँगे। अर्नोन खोला मोआबको सिमाना हो, जो मोआबी र एमोरीहरूका बीचमा पर्छ।
गन्ती 21 : 26
26 हेश्बोन एमोरीहरूका राजा सीहोनको राजधानी थियो। सीहोनले मोआबका पहिलेका राजाको विरुद्धमा लड़ाइँ गरेर उनको देश अर्नोन खोलासम्मै उनको अधिकारबाट खोसेका थिए।
गन्ती 22 : 36
36 बालाकले बालाम आएका कुरा सुनेर आफ्नो देशको छेउको अर्नोन सिमानामा भएको मोआबी सहरसम्मै तिनलाई भेट्न गए।
व्यवस्था 2 : 24
24 “उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूका हातमा दिएको छु। त्यो अधिकार गर्न सुरु गर र त्यससित युद्ध गर।
व्यवस्था 2 : 36
36 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो।
व्यवस्था 3 : 8
8 हामीले त्यस बेला यी दुई एमोरी राजाका हातबाट अर्नोन खोलादेखि हेर्मोन डाँड़ासम्म यर्दनको पूर्वपट्टिको देश लियौं।
व्यवस्था 3 : 16
16 तर मैले रूबेनी र गादीहरूलाई गिलाददेखि अर्नोन खोलासम्म (खोलाको मध्यभाग त्यसको सिमाना थियो), र अम्मोनीहरूको सिमाना, यब्बोक नदीसम्म दिएँ।
यहोशू 12 : 1
1 इस्राएलीहरूले यर्दन पारि पूर्वमा अर्नोन बेँसीदेखि हेर्मोन डाँड़ासम्म, र अराबाको पूर्वपट्टिको जम्मै क्षेत्र जितेर कब्जा गरेका देश, र तिनीहरूले मारेका ती देशका राजाहरू यी नै हुन्:
यशैया 16 : 2
2 गुँड़बाट धकेलिएर यताउता उड़िरहेका चराहरूझैँ अर्नोनका जँघारहरू हुँदो मोआबका स्त्रीहरू भएका छन्।
गन्ती 21 : 14
14 यसकारण परमप्रभुका युद्धको पुस्तकमा यस्तो लेखिएको छ: “सूपाको वाहेब र खोलाहरू, र अर्नोनको खोला,
Leave a Reply