मासु हुक

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मासु हुक

प्रस्‍थान 27 : 3
3 त्‍यसका खरानी उठाउनका निम्‍ति भाँड़ाहरू, र बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू बनाउनू— त्‍यसका सबै पात्रहरू काँसाका होऊन्‌।

प्रस्‍थान 38 : 3
3 तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्‍ने पात्रहरू— काँसाका बनाए।

गन्ती 4 : 14
14 त्‍यसमाथि तिनीहरूले वेदीको सेवा गर्दा प्रयोग गर्ने सबै भाँड़ाहरू, अर्थात्‌ आगो राख्‍ने पात्रहरू, मासु उठाउने काँटाहरू, बेल्‍चाहरू, छर्कने बाटाहरू र वेदीका सबै भाँड़ाकुँड़ाहरू राखिदेऊन्, र त्‍यसमाथि तिनीहरूले सीलको छाला ओछ्याएर त्‍यसका डन्‍डीहरू आफ्‍ना स्‍थानमा राखून्‌।

१ शमूएल 2 : 14
14 र त्रिशूलले कराही वा ताप्‍के वा तसला वा खड्‌कुँलोमा भएको मासु घोच्‍थ्‍यो, र त्‍यसरी आएको जतिचाहिँ पूजाहारीले लाने गर्थे। शीलोमा बलिदान चढ़ाउनलाई आएका सबै इस्राएलीहरूसित तिनीहरूले त्‍यस्‍तै व्‍यवहार गर्थे।

१ इतिहास 28 : 17
17 तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्‍ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्‍ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।

२ इतिहास 4 : 16
16 भाँड़ाहरू, बेल्‍चाहरू, मासु उठाउने काँटाहरू र अरू सम्‍बन्‍धित सामानहरू। हुराम-अब्‍बीले परमेश्‍वरका मन्‍दिरको निम्‍ति सोलोमनका लागि बनाएका यी सबै थोक टल्‍काइएका काँसाका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *