माला

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माला

लूका 11 : 27 – 28
27 उहाँले यी कुरा बोल्‍दाबोल्‍दै भीड़बाट कुनै स्‍त्रीले चिच्‍च्‍याएर भनी, “धन्‍य त्‍यो नारी जसले तपाईंलाई गर्भधारण गरिन्‌ र आफ्‍नो दूध खुवाइन्‌।”
28 तर उहाँले भन्‍नुभयो, “बरु तिनीहरू धन्‍य हुन्, जसले परमेश्‍वरको वचन सुन्‍छन्‌ र पालन गर्छन्‌।”

१ तिमोथी 2 : 5
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

मत्ती 6 : 7
7 र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌।

प्रेरित 1 : 14
14 कति जना स्‍त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्‍तर प्रार्थना गरिरहन्‍थे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *