यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मापन गर्नुहोस्
मत्ती 5 : 15
15 मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
मर्कूस 4 : 21
21 उहाँले तिनीहरूलाई भन्नुभयो, “के कसैले बत्ती बालेर पाथीमुनि वा खाटमुनि राख्न भनेर भित्र ल्याउँछ? के सामदानमाथि राख्न भनेर होइन र?
लूका 11 : 33
33 “कसैले बत्ती बालेर गुप्त स्थानमा अथवा भाँड़ामुनि राख्दैन, तर भित्र पस्नेहरू सबैले उज्यालो देखून् भनेर सामदानमा राख्तछ।
२ राजाहरू 6 : 25
25 सहरमा घोर अनिकाल पर्यो। घेरा यति लामो भयो, कि गधाको एउटा टाउको एक किलोग्राम चाँदी, र एक मुट्ठी सिमी पचपन्न ग्राम चाँदीको दाम भयो।
१ राजाहरू 4 : 22
22 सोलोमनको दिनदिनको खूराक पचहत्तर मुरी मसिनो पीठो र एक सय पचास मुरी अन्न,
१ राजाहरू 5 : 11
11 र सोलोमनले चाहिँ उनका घरानालाई खानका निम्ति पचास हजार मुरी गहूँ र साढ़े चार हजार लिटर कुटेको भद्राक्षको तेल हीरामलाई पठाए। सोलोमनले यो वर्षैपिच्छे हीरामलाई पठाइदिए।
२ इतिहास 2 : 10
10 म तपाईंका कर्मीहरू, अर्थात् रूख ढाल्नेहरूका निम्ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”
२ इतिहास 27 : 5
5 योतामले अम्मोनीहरूका राजासँग युद्ध गरेर उनलाई परास्त गरे। अनि त्यस वर्ष अम्मोनीहरूले तिनलाई साढ़े तीन टन चाँदी, पच्चीस हजार मुरी गहूँ र पच्चीस हजार मुरी जौ दिए। उनीहरूले दोस्रो र तेस्रो वर्ष पनि त्यहीबमोजिम कर तिरे।
एज्रा 7 : 22
22 अर्थात् एक सय तोड़ा, [1] चाँदी, एक सय कोर [2] गहूँ, एक सय बाथ दाखमद्य, [3] एक सय बाथ तेल, र नूनचाहिँ जत्ति चाहिन्छ दिइहाल्नू।
प्रस्थान 16 : 36
36 (एक ओमेर आधा पाथी हो।)
लेवीहरू 5 : 11
11 “‘तर दुई वटा ढुकुर कि परेवाका दुई वटा बचेरा ल्याउने पनि त्यसको औकात पुग्दैन भने, त्यसले जे कुरामा पाप गरेको हो, त्यसको निम्ति आफ्नो भेटी स्वरूप आधा पाथी मसिनो पीठो पापबलिको लागि ल्याओस्। त्यसले त्यसमा तेल वा धूप राख्नुहुँदैन, किनभने यो पापबलि हो।
लेवीहरू 6 : 20
20 “हारून अभिषेक भएको दिनमा तिनले र तिनका छोराहरूले परमप्रभुमा चढ़ाउनुपर्ने बलि यही हो, अर्थात् निरन्तर अन्नबलिको निम्ति आधा पाथी मसिनो पीठो, बिहान आधा, बेलुका आधा।
लेवीहरू 19 : 36
36 तिमीहरूसँग ठीक-ठीक तराजू र ढक, र ठीक-ठीक नाप र तौलहरू राख्नू। तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
गन्ती 5 : 15
15 त्यस मानिसले आफ्नी पत्नीलाई पूजाहारीकहाँ ल्याओस्, र उसले त्यसको निम्ति आधा पाथी जौको पीठो बलि चढ़ाओस्। उसले त्यसमा तेल अथवा धूप नराखोस्, किनकि दोषको सम्झना गराउने यो अन्नबलि, अर्थात् डाहको अन्नबलि हो।
गन्ती 28 : 5
5 अन्नबलिको निम्ति एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पीठो पनि सँगै चढ़ाउनू।
न्यायकर्ताहरू 6 : 19
19 तब गिदोन भित्र गएर बाख्राको एउटा पाठो तयार गरे, र पाँच पाथी पीठोको अखमिरी रोटी बनाए। तिनले मासुचाहिँ एउटा टोकरीमा हालेर र झोलचाहिँ एउटा बटुकोमा हाले बाहिर फलाँटको रूखमुनि उहाँको सामु चढ़ाए।
रूथ 2 : 17
17 यसैले रूथ साँझसम्मै खेतमा शिला-बाला बटुल्दैरहिन्, अनि जब तिनले बटुलेका शिला-बाला माड़िन् तब पाँच पाथी जति भयो।
१ शमूएल 1 : 24
24 जब तिनले दूध छोड़ाइन् तब तिनले त्यसलाई आफूसित लगिन्। तिनले आफ्नो साथमा एउटा तीन वर्षे साँढ़े, पाँच पाथी पीठो र एक मशक दाखमद्य लिएर त्यो बालक सानै भए तापनि त्यसलाई शीलोमा परमप्रभुको भवनमा ल्याइन्।
१ शमूएल 17 : 17
17 एक दिन यिशैले आफ्ना छोरा दाऊदलाई भने, “तिम्रा दाजुहरूका लागि यो पाँच पाथी चिउरा र यी दश वटा रोटी लिएर चाँड़ो तिनीहरूको छाउनीमा जाऊ।
यशैया 5 : 10
10 पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य, र पचास पाथी बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ!”
इजकिएल 45 : 1 – 296
1 “‘जब तिमीहरूले उत्तराधिकारको निम्ति देश बाँड़ेर दिन्छौ, तब तिमीहरूले त्यसबाट परमप्रभुको निम्ति २५,००० हात लामो र २०,००० हात चौड़ा भएको एक भाग पवित्र जिल्ला हुनलाई अलगै उपहार दिनू। त्यो जम्मै क्षेत्र पवित्र हुनेछ।
2 यसबाट लमाइ र चौड़ाइ दुवै ५०० हात भएको एउटा भाग पवित्रस्थानको निम्ति हुनेछ। त्यसका चारैतिर पचास हात चौड़ा एउटा खुला ठाउँ होस्।
3 त्यही पवित्र जिल्लामा २५,००० हात [1] लामो र १०,००० हात [2] चौड़ा एउटा ठाउँ नाप्नू। त्यहाँ पवित्रस्थान र महा-पवित्रस्थान हुनेछन्।
4 यो ठाउँचाहिँ पवित्रस्थानमा परमप्रभुको सेवा गर्दा परमप्रभुको नजिक आउने पूजाहारीहरूका निम्ति देशको एउटा पवित्र भाग होस्। यो तिनीहरूका घरहरूका निम्ति जग्गा र पवित्रस्थानको निम्ति पनि एउटा पवित्र ठाउँ हुनेछन्।
5 २५,००० हात लामो र १०,००० हात चौड़ा भएको एउटा क्षेत्र मन्दिरको सेवा गर्ने लेवीहरूको हुनेछ। त्यो तिनीहरू बस्ने नगरहरूका निम्ति एउटा निजी अधिकार हुनेछन्।
6 “‘तिमीहरूले ५,००० हात चौड़ा र २५,००० हात लामो भएको, र पवित्र भागको छेउमा भएको एउटा क्षेत्र सहरलाई त्यसको जग्गाजमिनको रूपमा दिनू। योचाहिँ इस्राएलको सारा घरानाको निम्ति हुनेछ।
7 पवित्र जिल्ला र सहरको जग्गाजमिनका हरेक किनारको जमिनचाहिँ राजकुमारको हुनेछ। त्यो पश्चिमपट्टिबाट पश्चिमतिरै र पूर्वपट्टिबाट पूर्वतिरै फैलेको हुनेछ। कुल-कुलका भागहरूमध्ये एउटाको समानान्तर भएर पश्चिम सिमानादेखि पूर्व सिमानासम्म फैलिएर गएको तिनको भाग हुनेछ।
8 यो जग्गाचाहिँ इस्राएलमा तिनको निजी अधिकार हुनेछ। अनि मेरा राजकुमारहरूले मेरो प्रजालाई फेरि कहिल्यै अत्याचार गर्नेछैनन्, तर तिनीहरूले इस्राएलका घरानालाई तिनीहरूका कुल-कुलअनुसार जग्गाजमिन अधिकार गर्नलाई अनुमति दिनेछन्।
9 “‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हे इस्राएलका राजकुमार हो! बस, तिमीहरूले अति नै गर्यौ! तिमीहरूका उपद्रव र अत्याचार त्यागिदेओ, र जो न्यायसङ्गत र ठीक छ त्यही गर। आफ्नो अधिकारको ठाउँबाट मेरो प्रजालाई निष्कासन गर्न छोड़िदेओ, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
10 तिमीहरूले ठीक-ठीक तौलका ढक र तराजू प्रयोग गर्नुपर्छ। तिमीहरूका एपा [3] र बाथ [4] पनि ठीक-ठीक नापका होऊन्।
11 एपा र बाथका नाप एकसमान होस्, अर्थात् होमेरको [5] दशांश भाग। दुवैको लागि होमेरचाहिँ सैद्धान्तिक नाप होस्।
12 तिमीहरूका शेकेलको [6] तौल बीस गेराको होस्। दश, पच्चीस र पन्ध्र शेकेल जोड़ेर तिमीहरूको मीना होस्।
13 “‘तिमीहरूले चढ़ाउनुपर्ने विशेष भेटी यही हो: गहूँ र जौको हरेक होमेरबाट एपाको छैटौँ भाग।
14 तेलको निम्ति तोकिएको हिस्साचाहिँ हरेक कोरबाट बाथको दशौँ भाग हो। (एक कोरमा दश बाथ, अर्थात् एक होमेर हुन्छ।)
15 इस्राएलका खर्कहरूमा राम्रो दाना-पानी पाएका हरेक दुई सय बगालबाट एउटा भेड़ो लिइओस्। मानिसहरूका लागि प्रायश्चित गर्नलाई अन्नबलि, होमबलि र मेलबलिको निम्ति यी प्रयोग गरून्, परमप्रभु परमेश्वर भन्नुहुन्छ।
16 इस्राएलमा राजकुमारले प्रयोग गरिने विशेष उपहारमा देशका सबै मानिसहरूले भाग लिनेछन्।
17 विभिन्न चाड़हरू, औंसीका चाड़हरू, शबाथ-दिनहरू— अर्थात् इस्राएलका घरानाका सबै तोकिएका चाड़हरूमा चढ़ाउनलाई होमबलि, अन्नबलि र अर्घ-बलि जुटाइदिने कर्तव्य राजकुमारको नै हुनेछ। इस्राएलका घरानाको निम्ति प्रायश्चित गर्नलाई चाहिने पापबलि, अन्नबलि, होमबलि र मेलबलिहरू तिनले नै जुटाउनुपर्नेछ।
18 “‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ‘पहिलो महिनाको पहिलो दिनमा तिमीहरूले एउटा निष्खोट बाछो लिएर पवित्रस्थानलाई शुद्ध गर्नुपर्छ।
19 पूजाहारीले पापबलिको केही रगत लिएर मन्दिरका ढोकाका खामाहरू, वेदीको माथिल्लो बिटका चारै कुनाहरू र भित्री चोकका ढोकाका खामाहरूमा लगाउनुपर्छ।
20 कसैले विचार नगरीकन अथवा अजानमा पाप गरेको छ भने, महिनाको सातौँ दिनमा तिमीहरूले त्यसै गर्नुपर्छ। यसरी मन्दिरको निम्ति तिमीहरूले प्रायश्चित गर्नुपर्छ।
21 “‘पहिलो महिनाको चौधौँ दिनमा तिमीहरूले सात दिनसम्म मानिने निस्तार-चाड़ मान्नुपर्छ। त्यस बेला तिमीहरूले अखमिरी रोटी खानुपर्छ।
22 त्यस दिन राजकुमारले आफ्नो निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको लागि एउटा साँढ़े जुटाउनुपर्छ।
23 चाड़का सातै दिनसम्म तिनले दिनहुँ परमप्रभुको निम्ति सात वटा निष्खोट साँढ़े र सात वटा निष्खोट भेड़ा होमबलि गरी र दिनहुँ एउटा-एउटा बोका पापबलि गरी चढ़ाउनुपर्छ।
24 हरेक साँढ़े र भेड़ाको साथ तिनले एक एपा अन्नबलि स्वरूप चढ़ाउनुपर्छ, र हरेक एपाको साथ एक हीन [7] तेल चढ़ाउनुपर्छ।
25 “‘सातौँ महिनाको पन्ध्रौँ दिनदेखि लिएर सात दिनसम्म तिनले पापबलि, होमबलि र अन्नबलिका निम्ति त्यही थोक जुटाउनुपर्छ’।”
Leave a Reply