यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नु
गलाती 1 : 10
10 के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।
हितोपदेश 29 : 25
25 मान्छेको डर एउटा पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ।
१ थेसलोनिकी 2 : 4
4 तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन, तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौं।
यूहन्ना 12 : 43
43 किनभने परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रुचाउँथे।
यशैया 2 : 22
22 नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र?
प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ।
गलाती 2 : 20
20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।
रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
२ कोरिन्थी 5 : 9
9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ।
कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
कलस्सी 3 : 22 – 25
22 कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
24 यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।
मत्ती 10 : 28
28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
रोमी 12 : 12
12 आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
१ कोरिन्थी 10 : 31
31 यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्वरका महिमाको निम्ति गर।
यूहन्ना 5 : 44
44 तिमीहरू कसरी विश्वास गर्न सक्छौ, जब कि तिमीहरू आपसमा एक-अर्काबाट सम्मान खोज्दछौ, अनि त्यो सम्मानको खोजी गर्दैनौ, जो एकमात्र परमेश्वरबाट आउँदछ?
हितोपदेश 29 : 26
26 धेरैले शासकसँग भेटघाट गर्न खोज्दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्याय मिल्छ।
यर्मिया 17 : 5
5 परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ।
रोमी 14 : 10 – 12
10 तिमी किन आफ्नो भाइको इन्साफ गर्छौ? अथवा तिमी आफ्नो भाइलाई किन तुच्छ ठान्छौ? किनभने हामी सबै परमेश्वरका न्याय-आसनको सामने खड़ा हुनेछौं।
11 किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु, प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ, र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
12 यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौं।
गलाती 1 : 1
1 पावल ख्रीष्टको एक प्रेरित, जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र परमेश्वर पिता, जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, उहाँबाट पठाइएको हुँ,
Leave a Reply