यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानसिक
लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर नलाग्नू। तिनीहरूसित सल्लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 20 : 6
6 “‘जुन मानिस झाँक्री, बोक्सी र जादू-मन्त्र गर्नेतिर लागेर मलाई विश्वासघात गर्छ, त्यसको विरोध गरेर म त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गर्नेछु।
व्यवस्था 18 : 10 – 12
10 आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
12 यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।
१ यूहन्ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्।
मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
व्यवस्था 18 : 9 – 12
9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू।
10 आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्।
12 यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।
लेवीहरू 20 : 27
27 “‘तिमीहरूमध्ये कुनै पुरुष वा स्त्रीले झाँक्री, बोक्सी वा जादू-मन्त्रको काम गर्यो भने त्यो मारिनैपर्छ। तिनीहरूलाई ढुङ्गाले हानेर मार्नू। तिनीहरूको अपराध तिनीहरूकै शिरमा परोस्’।”
२ इतिहास 33 : 6
6 तिनले आफ्ना छोराहरूलाई बेन-हिन्नोमको बेँसीमा आगोमा होम गरे। तिनले टुनामुना गरे र जोखना हेरे। तिनले मन्त्रतन्त्र गरे र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई रीस उठाए।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
प्रेरित 19 : 17 – 19
17 यो कुरा एफिसस-निवासी, यहूदी र ग्रीकहरूमा जाहेर भयो। अनि तिनीहरू सबैमाथि डर छायो, र प्रभु येशूको नाउँको प्रशंसा भयो।
18 विश्वास गरेकाहरू धेरै जना आए, र तिनीहरूले गरेका आफ्ना-आफ्ना दुष्ट कामहरूको स्वीकार गरे र ती प्रकट गरे।
19 तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो।
इजकिएल 13 : 18
18 र भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: धिक्कार ती स्त्रीहरू, जसले आफ्ना नाड़ीहरूमा बूटी बाँधिदिन्छन् र मानिसहरूको प्राण पासोमा पार्न तिनीहरूका कदअनुसार शिर ढाक्ने घुम्टा बनाउँछन्। के तिमीहरू मानिसहरूको प्राण पासोमा पार्ने र आफ्नो प्राणलाई चाहिँ बचाइराख्ने र?
प्रेरित 8 : 9 – 13
9 सिमोन नाउँ भएको एक जना मानिस त्यहाँ थियो। त्यसले अगाडिदेखि नै त्यस सहरमा जादूगरी गरेर सामरियाका मानिसहरूलाई आश्चर्यचकित पारेको थियो, र आफूलाई मै हुँ भनी ठान्दथियो।
10 त्यस मानिसलाई सानादेखि ठूलासम्म सबैले यसो भनेर मान्थे, “यो मानिस परमेश्वरको त्यो शक्ति हो, जसलाई महाशक्ति भनिन्छ।”
11 तिनीहरूले त्यसलाई मान्थे, किनभने धेरै समयदेखि त्यसले आफ्नो जादूगरीले मानिसहरूलाई आश्चर्यचकित पारिराखेको थियो।
12 तर जब तिनीहरूले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्वास गरे, तब पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए।
13 सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो।
प्रस्थान 7 : 10 – 12
10 तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्ने फालिदिए, र त्यो साँप बन्यो।
11 तब फारोले पनि ज्ञानी मानिस र टुनामुना गर्नेहरूलाई बोलाइपठाए, र ती मिश्रका जादूगरहरूले पनि आ-आफ्नो गोप्य सीपले त्यसै गरे:
12 हरेकले आ-आफ्नो लहुरो फाल्यो, र त्यो साँप बन्यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्यो।
प्रेरित 16 : 16 – 19
16 जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्यसका मालिकहरूका निम्ति धेरै कमाइ गरिदिन्थी।
17 त्यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्दै चिच्च्याई, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन्। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्।”
18 त्यसले धेरै दिनसम्म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्क फर्की त्यस दुष्टात्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई त्यसबाट निस्कने आज्ञा गर्दछु।” अनि त्यो दुष्टात्मा त्यही घड़ी निस्किहाल्यो।
19 तर त्यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्दै लगे।
हिब्रू 6 : 4 – 6
4 किनकि तिनीहरू, जसले एक चोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्माका सहभागी भएका छन्,
5 र परमेश्वरको उत्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्,
6 त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन्, र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्।
व्यवस्था 18 : 20 – 22
20 तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्ने वा अन्य देवताको नाउँमा बोल्ने अगमवक्ता मारिनुपर्छ।”
21 तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने?”
22 कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन। सो त्यही अगमवक्ताको मनगढ़न्त कुरा हो। तिमीहरू त्यसदेखि नडराउनू।
१ शमूएल 15 : 23
23 उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ।”
प्रकाश 16 : 13
13 तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें।
रोमी 12 : 17 – 21
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
18 हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
Leave a Reply