यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मानव मर्यादा
गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ।
यूहन्ना 13 : 16
16 साँच्चै म तिमीहरूलाई भन्दछु, नोकर आफ्नो मालिकभन्दा ठूलो हुँदैन, अनि खबर लाने खबर पठाउनेभन्दा ठूलो हुँदैन।
उत्पत्ति 1 : 27
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
१ यूहन्ना 3 : 17
17 कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ?
भजनसंग्रह 127 : 3
3 छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्, छोराछोरीहरू उहाँका इनाम हुन्।
कलस्सी 4 : 1 – 18
1 मालिक हो, तिमीहरूका पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमाराहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर।
2 सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो।
3 हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, जसको निम्ति म थुनामा परेको छु,
4 र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकूँ।
5 समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर।
6 नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
7 मेरो विषयमा सबै कुरा प्रिय भाइ, विश्वासी धर्म-सेवक र प्रभुमा सङ्गी-दास तुखिकसले तिमीहरूलाई भन्नेछन्।
8 यस अभिप्रायले नै मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ, कि तिमीहरूले हाम्रो विषयमा थाहा पाओ, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित तुल्याऊन्।
9 तिनीसँग ओनेसिमस आउँदैछन्, जो तिमीहरूमध्येका एक जना हुन्, र तिनी हाम्रा विश्वासी र प्रिय भाइ हुन्। यहाँको सबै हालखबर तिनीहरूले तिमीहरूलाई बताउनेछन्।
10 मेरा सङ्गी-कैदी, अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।
11 युस्तस नाउँ भएका येशूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। परमेश्वरका राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदी विश्वासीहरू यिनीहरू मात्र हुन्। यिनीहरूद्वारा मलाई सान्त्वना मिलेको छ।
12 तिमीहरूमध्येका एक जना ख्रीष्ट येशूका दास इपाफ्रासले पनि अभिवादन पठाएका छन्। तिनले आफ्ना प्रार्थनामा परिश्रमसाथ सधैँ तिमीहरूलाई स्मरण गर्छन्, ताकि तिमीहरू परिपक्व होओ, र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक।
13 किनकि म तिनको निम्ति गवाही दिन्छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्ति तिनले घोर परिश्रम गरेका छन्।
14 प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
15 लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन देओ।
16 तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्डलीमा पनि यो पढ्न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़।
17 “तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्पसलाई भनिदेओ।
18 म पावल, यो अभिवादनचाहिँ आफ्नै हातले लेख्दैछु। मेरा साङ्लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्।
मत्ती 10 : 24
24 “चेला आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन।
यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
मत्ती 21 : 41 – 46
41 तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्टहरूलाई सर्वनाश गर्नेछन्, र दाखबारी अरू मोहीहरूलाई ठेक्कामा दिनेछन्, जसले उनलाई फलको हिस्सा समयमा बुझाउनेछन्।”
42 येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढ़ेनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’
43 “यसैकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसको फल फलाउँछ।
44 यस ढुङ्गामाथि खस्नेचाहिँ टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्छ, यसले त्यसलाई किच्नेछ।”
45 जब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्टान्त सुने, तब तिनीहरूकै विषयमा उहाँले यो भन्नुभएको हो भन्ने बुझे।
46 तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे।
रोमी 5 : 6 – 8
6 किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो।
7 धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला।
8 तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
यूहन्ना 10 : 10
10 “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
यूहन्ना 15 : 17
17 म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।
याकूब 3 : 9 – 10
9 यसद्वारा हामी प्रभु र पिताको प्रशंसा गर्दछौं, र यसैद्वारा परमेश्वरको स्वरूपमा बनेका मानिसहरूलाई हामी सराप्तछौं।
10 एउटै मुखबाट आशीर्वाद र सराप निस्कन्छन्। मेरा भाइ हो, यसो नहुनुपर्ने हो।
उत्पत्ति 1 : 26 – 27
26 अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।”
27 यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
Leave a Reply