अरूसँग मिल्ने

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूसँग मिल्ने

१ यूहन्‍ना 4 : 19 – 21
19 हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।
20 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन।
21 हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।

रोमी 12 : 18
18 हुन सक्‍छ भने, सकेसम्‍म सबैसँग शान्‍तिमा बस।

यूहन्‍ना 13 : 34
34 “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्‍तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्‍यस्‍तै प्रेम गर।

हिब्रू 12 : 14
14 सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।

हितोपदेश 19 : 11
11 मानिसको बुद्धिले त्‍यसलाई धैर्य दिन्‍छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्‍लनु त्‍यसको लागि महिमा हो।

हितोपदेश 17 : 14
14 कलह सुरु हुनु बाँध भत्‍किनुजस्‍तो हो, त्‍यसैले वाद-विवाद चर्किनुभन्‍दा अघि नै त्‍यसलाई बन्‍द गर।

यूहन्‍ना 11 : 35
35 येशू रुनुभयो।

मत्ती 6 : 12 – 15
12 हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।
13 हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्‍यौ भने तिमीहरूका स्‍वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।

१ पत्रुस 5 : 3 – 5
3 तिमीहरूको जिम्‍मामा रहेकाहरूमाथि अधिकार जमाएर होइन, तर बगालको निम्‍ति उदाहरण भएर।
4 र जब मूल गोठालो प्रकट हुनुहुनेछ, तब तिमीहरूले महिमाको नओइलाउने मुकुट प्राप्‍त गर्नेछौ।
5 त्‍यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्‍त्र धारण गर। किनभने, “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

भजनसंग्रह 133 : 1 – 3
1 यात्राको निम्‍ति दाऊदको गीत [1] दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ।
2 यो त शिरमा लगाइएको मूल्‍यवान्‌ तेलजस्‍तो हुन्‍छ, जो हारूनको दाह्रीसम्‍म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्‍मै बगेर जान्‍छ।
3 त्‍यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्‍तै हुन्‍छ। किनकि त्‍यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष्‌ खन्‍याउनुहुन्‍छ।

हितोपदेश 12 : 16
16 मूर्खले आफ्‍नो रीस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा, आँखा चिम्‍लिदिन्‍छ।

हितोपदेश 27 : 6
6 मित्रबाट पाएको चोट पत्‍यार गर्न सकिने हुन्‍छ, तर शत्रुका चुम्‍बन भने प्रचुर हुन्‍छन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *