यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूलाई विश्वास गर्दै
मीका 7 : 5 – 6
5 एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल।
6 किनकि छोराले आफ्नो बुबाको अपमान गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्दछे, बुहारी आफ्नी सासूको विरुद्धमा। मानिसका दुश्मनहरू आफ्नै घरका मानिसहरू हुन्छन्।
१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
लूका 10 : 27
27 तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।”
फिलिप्पी 4 : 13
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
Leave a Reply