महिनावारी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महिनावारी

लेवीहरू 15 : 30
30 तब पूजाहारीले एउटाचाहिँ पापबलिको निम्‍ति र अर्कोचाहिँ होमबलिको निम्‍ति चढ़ाऊन्‌। यसरी पूजाहारीले तिनको बगेको रगतको अशुद्धिको निम्‍ति परमप्रभुको सामुन्‍ने प्रायश्‍चित गर्नेछन्‌।’

लेवीहरू 20 : 18
18 “‘रजस्‍वलाको समयमा कुनै मानिसले स्‍त्रीसित सहवास गर्‍यो भने ती दुवै आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिऊन्, किनभने त्‍यस पुरुषले स्‍त्रीका रगतको मूल देखायो र स्‍त्रीले चाहिँ आफ्‍नो रगतको मूल देखाई।

इजकिएल 18 : 6
6 त्‍यसले डाँड़ाका देवता-थानमा खाँदैन, अथवा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन। त्‍यसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, अथवा रजस्‍वलाको समयमा कुनै स्‍त्रीसँग सुत्‍दैन।

उत्‍पत्ति 18 : 11
11 अब्राहाम र सारा वृद्ध थिए र तिनीहरूको उमेर धेरै ढल्‍किसकेको थियो। साराको रजस्‍वला पनि बन्‍द भइसकेको थियो।

उत्‍पत्ति 31 : 35
35 राहेलले आफ्‍ना बुबालाई भनिन्, “हजूर, मसँग नरिसाउनुहोला। म नछुने भएकी हुनाले मैले तपाईंको अगाड़ि उठ्‌नु भएन।” यसरी उनले खोज्‍न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन्‌।

यर्मिया 2 : 24
24 उजाड़-स्‍थानमा बस्‍ने आदत भएकी, कामातुर भएर हावा सुँघिहिँड़ने वन-गधैनी। त्‍यसको कामवासनालाई कसले रोक्‍न सक्‍छ र? त्‍यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन, किनकि मिसिने ऋतुमा तिनीहरूले त्‍यसलाई भेट्टाउनेछन्‌।

यशैया 30 : 22
22 तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्‍याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्‍नेछौ, “पर जाओ!”

यशैया 30 : 22
22 तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्‍याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्‍नेछौ, “पर जाओ!”

विलाप 1 : 17
17 सियोन बिन्‍ती गर्नलाई आफ्‍नो हात पसार्छ, तर त्‍यसलाई सान्‍त्‍वना दिने कोही छैन। परमप्रभुले याकूबको विरुद्धमा त्‍यसका छिमेकीहरू त्‍यसका शत्रु होऊन्‌ भनी हुकुम गर्नुभएको छ। तिनीहरूका बीचमा यरूशलेम एक अशुद्ध थोक भएको छ।

इजकिएल 36 : 17
17 “हे मानिसको छोरा, जब इस्राएलीहरू आफ्‍नै देशमा बसेका थिए, तब तिनीहरूले त्‍यस देशलाई आफ्‍नो व्‍यवहार र कामहरूले बिटुलो पारे। तिनीहरूको व्‍यवहार मेरो दृष्‍टिमा एक स्‍त्रीको रजस्‍वलाको अशुद्धताजस्‍तै थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *