मन्त्री (२)

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मन्त्री (२)

उत्‍पत्ति 41 : 44
44 फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्‍दछु कि तिम्रो इच्‍छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।”

२ शमूएल 20 : 26
26 याईरी ईराचाहिँ दाऊदका पुरोहित थिए।

१ राजाहरू 4 : 5
5 नातानका छोरा अजर्याह— जिल्‍ला-जिल्‍लाका अधिकृतहरूमाथिका जिम्‍मावाल, नातानका छोरा जाबूद— पूजाहारी र राजाका व्‍यक्तिगत सल्‍लाहकार,

१ इतिहास 27 : 33
33 अहीतोपेल राजाका सल्‍लाहकार थिए। अरकी हूशै राजाका मित्र थिए।

२ इतिहास 19 : 11
11 “परमप्रभुसम्‍बन्‍धी विषयमा मुख्‍य पूजाहारी अमर्याह तिमीहरूमाथि अधिकारी छन्‌। राज्‍यसम्‍बन्‍धी विषयमा यहूदाका कुलनायक इश्‍माएलका छोरा जबदियाह अधिकारी छन्‌। लेवीहरूचाहिँ तिमीहरूका सामुन्‍ने अधिकृतहरूझैँ सेवा गर्नेछन्‌। बलिया र दृढ़ होऊ। परमप्रभु असल गर्नेहरूका साथ होऊन्‌।”

२ इतिहास 28 : 7
7 एक जना एफ्राइमी वीर जिक्रीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजाका मुख्‍य मन्‍त्री एल्‍कानालाई मारे।

एस्‍तर 3 : 1
1 त्‍यसपछि राजा अहासूरसले अगागी हम्‍मदाताका छोरा हामानको दर्जा बढ़ाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्‍दा तिनलाई श्रेष्‍ठ स्‍थान दिई उच्‍च पदमा राखे।

एस्‍तर 10 : 3
3 यहूदी मोर्दकै राजादेखि दोस्रो दर्जामुनि थिए। उनी यहूदीहरूमा एक अति गौरवशाली मानिस भए, र आफ्‍ना स्‍वदेशी यहूदी दाजुभाइहरूका बीचमा उनी लोकप्रिय भए, किनभने उनले आफ्‍ना मानिसहरूको हित गरे, र सारा यहूदीहरूका भलाइको निम्‍ति बोले।

दानिएल 2 : 48
48 तब राजाले दानिएललाई उच्‍च पदमा राखे र धेरै बहुमूल्‍य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्‍त प्रदेशमाथि शासक बनाए र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूका प्रधान तुल्‍याए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *