यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मध्यस्थता
१ कोरिन्थी 9 : 25
25 खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
हितोपदेश 25 : 27
27 धेरै मह खानु राम्रो हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ।
१ कोरिन्थी 6 : 12
12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्,” तर म कुनै कुराको कमारो हुनेछैनँ।
तीतस 2 : 7
7 सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्भीरता,
एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।
गलाती 5 : 13
13 भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ। केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर। तर प्रेममा तिमीहरू एक-अर्काको सेवक बन।
१ तिमोथी 5 : 23
23 अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
फिलिप्पी 4 : 5
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्। प्रभु नजिकै हुनुहुन्छ।
कलस्सी 2 : 20 – 23
20 यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगि किन झुक्छौ?
21 “नसमात, नचाख, नछोओ”
22 (यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्।
23 उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
एफिसी 5 : 18 – 20
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
19 एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै
20 सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।
हितोपदेश 23 : 20 – 21
20 बेसरी दाखमद्य पिउनेहरू, अथवा सकेसम्म मासु हसुर्नेहरूसँग सङ्गत नगर्,
21 किनभने मतवाला र खन्चुवाहरू दरिद्र बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरू झुत्रे बन्छन्।
तीतस 2 : 3
3 यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्।
१ तिमोथी 3 : 8
8 त्यसै गरी डिकनहरू पनि गम्भीर हुनुपर्छ, दुई-जिब्रे होइन, बढ़ी मद्य पिउने र धनको लोभी होइन,
भजनसंग्रह 104 : 15
15 मानिसको मन आनन्दित गराउनलाई दाखमद्य, र त्यसको अनुहार चहकिलो पार्नलाई तेल, र त्यसको हृदय बलियो तुल्याउनलाई रोटी उहाँले दिनुहुन्छ।
मत्ती 7 : 12
12 मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।
१ कोरिन्थी 8 : 9
9 तर होशियार होऔ, तिमीहरूको यो स्वतन्त्रता दुर्बलहरूका निम्ति ठोकरको कारण नबनोस्।
गलाती 5 : 21
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
रोमी 14 : 21
21 उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
Leave a Reply