यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अरूलाई अभिवादन
१ थेसलोनिकी 5 : 14
14 भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।
१ पत्रुस 5 : 14
14 एउटाले अर्कोलाई प्रेमको चुम्बनले अभिवादन गर। ख्रीष्टमा भएका तिमीहरू सबैलाई शान्ति।
१ कोरिन्थी 1 : 10
10 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस्। तर तिमीहरू एकै मन र एकै विचारका होओ।
प्रकाश 7 : 9 – 17
9 यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें।
10 तिनीहरू उच्च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”
11 अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परी यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे।
12 “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्। आमेन!”
13 धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?”
14 अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
15 यसैकारण, “तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन्, र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16 तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन,
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”
Leave a Reply