यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भोक
मत्ती 4 : 4
4 तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ’।”
मत्ती 21 : 18
18 बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो।
मर्कूस 11 : 12
12 भोलिपल्ट उहाँहरू बेथानियाबाट आउनुहुँदा उहाँ भोकाउनुभयो।
लूका 4 : 4
4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।”
यूहन्ना 4 : 8
8 उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए।
हितोपदेश 16 : 26
26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लाउँछ, त्यसको भोकले त्यसलाई कजाउँछ।
हितोपदेश 2 : 5
5 तैंले परमप्रभुको भय बुझ्नेछस्, र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्।
यशैया 55 : 2
2 जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ।
आमोस 8 : 13
13 “त्यस दिन, सुन्दरी तरुणीहरू र बलिष्ठ जवानहरू तिर्खाले मूर्च्छा खानेछन्।
मत्ती 5 : 6
6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।
लूका 6 : 21
21 धन्य तिमी, अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ।
Leave a Reply