यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भूमध्य सागर
गन्ती 34 : 7
7 “‘तिमीहरूको उत्तरको सिमाना यो होस्: महासमुद्रबाट होर पर्वतसम्म तिमीहरूले सिमाना बाँध्नू,
यहोशू 1 : 4
4 मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै [1] तिमीहरूको सिमाना हुनेछ।
यहोशू 9 : 1
1 जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्म महासमुद्रको [1] किनारमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूका राजाहरूले यो सब सुने,
यहोशू 15 : 12
12 पश्चिमी सिमानाचाहिँ महासमुद्रको [1] किनार भइहाल्यो। यहूदाका सन्तानका तिनीहरूका वंशअनुसार चारैतिरको सिमाना यही हो।
यहोशू 15 : 47
47 अश्दोद, त्यसका सहरहरू र बस्तीहरूसमेत, गाजा, त्यसका सहरहरू र बस्तीहरूसमेत, मिश्रको खोला र महासमुद्रको किनारसम्मै।
यहोशू 23 : 4
4 स्मरण गर, यर्दनदेखि पश्चिमतिर महासमुद्रसम्म यी बाँकी रहेका जातिहरूलाई, अर्थात् मैले जितेका जातिहरूलाई तिमीहरूका कुलहरूको अधिकारमा बाँड़िदिएको छु।
इजकिएल 47 : 10
10 त्यसका किनारै किनार जालहारीहरू उभिनेछन्। एन-गदीदेखि एन-एग्लैमसम्म जालहरू फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ किसिम-किसिमका माछाहरू हुनेछन्— महासमुद्रका [1] माछाहरूजस्तै।
इजकिएल 47 : 15
15 “देशको सिमाना यही हुनेछ: “उत्तरपट्टि महासमुद्रदेखि हेतलोनको बाटो भएर लेबो-हमात भएर सदाद,
इजकिएल 47 : 20
20 “पश्चिमपट्टिको सिमानाचाहिँ महासमुद्र हुनेछ, लेबो-हमातका विपरीतको किनारसम्म। योचाहिँ पश्चिमको सिमाना हुनेछ।
इजकिएल 48 : 28
28 “गादको दक्षिण सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्म र मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्मै हुनेछ।
प्रस्थान 23 : 31
31 “म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिश्तीहरूको समुद्रसम्म, [1] र उजाड़-स्थानदेखि यसो यूफ्रेटिससम्मै तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु, र तिमीहरूले उनीहरूलाई धपाउनेछौ।
एज्रा 3 : 7
7 तिनीहरूले डकर्मी र सिकर्मीहरूका निम्ति रुपियाँ अनि सीदोन र टुरोसवासीहरूलाई लेबनानबाट समुद्रको बाटो भएर योप्पासम्म देवदारुका काठहरू ल्याउन तेल र खाद्य दिए, किनभने तिनीहरूले फारसका राजा कोरेसबाट यसो गर्ने अनुमति पाएका थिए।
जकरिया 14 : 8
8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर [1] र आधाचाहिँ पश्चिमको समुद्रतिर [2] बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ।
व्यवस्था 11 : 24
24 तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्थानदेखि लेबनानसम्म, र महानदी यूफ्रेटिसदेखि पश्चिमको समुद्रसम्मै [1] तिमीहरूको सिमाना हुनेछ।
योएल 2 : 20
20 “म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्क्तिलाई पूर्वको समुद्रमा [1] र त्यसको पछिल्लो पङ्क्तिलाई चाहिँ पश्चिमको समुद्रमा [2] हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्नेछ।” निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ।
Leave a Reply