यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भिडियो गेमहरू
फिलिप्पी 4 : 8
8 अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
व्यवस्था 22 : 9
9 दाखबारीमा दुई किसिमका बीउ नलगाओ, नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बीउ मात्र होइन तर दाखको उब्जनीसमेत दुवै अशुद्ध हुनेछन्।
भजनसंग्रह 101 : 3
3 मेरो आँखाको सामुन्ने कुनै नीच कुरा म राख्नेछैनँ। पथभ्रष्ट भएकाहरूका कामलाई म घृणा गर्छु, तिनीहरू मसित टाँसिनेछैनन्।
१ थेसलोनिकी 5 : 22
22 सबै किसिमका खराबीबाट अलग बस।
भजनसंग्रह 11 : 5
5 परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ,
२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
कलस्सी 3 : 5
5 यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।
एफिसी 5 : 11
11 अन्धकारका निष्फल कार्यहरूमा भाग नलेओ, बरु तिनलाई प्रकट गरिदेओ।
एफिसी 4 : 19
19 तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्।
याकूब 3 : 11
11 के पानीको मूलको एउटै धाराबाट मीठो र तीतो पानी निस्कन्छ र?
१ कोरिन्थी 10 : 23
23 “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुरा फाइदाका छैनन्। “सबै कुरा न्यायसङ्गत छन्,” तर सबै कुराले सुधार गर्दैनन्।
भजनसंग्रह 90 : 12
12 हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।
भजनसंग्रह 103 : 11
11 किनकि पृथ्वीबाट स्वर्ग जत्ति अग्लो छ, उहाँका भय मान्नेहरूमाथि उहाँको करुणा त्यत्तिकै महान् छ।
भजनसंग्रह 119 : 37
37 व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्।
लूका 12 : 15 – 21
15 उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।”
16 उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो।
17 त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’
18 तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु।
19 अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्’।”
20 “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’
21 “आफ्नो निम्ति धन-सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।”
यशैया 41 : 10
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु।
गन्ती 33 : 52
52 तब तिमीहरूले त्यस देशका बासिन्दाहरू सबैलाई त्यहाँबाट धपाइदिनू, र उनीहरूका खोपिएका प्रतिमाहरू र ढलौटे मूर्तिहरू सबै नष्ट पारिदिनू। उनीहरूका डाँड़ाका थानहरू भत्काइदिनू।
कलस्सी 3 : 23 – 24
23 तिमीहरू जे गर्छौ दिलोज्यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्तै,
24 यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
मर्कूस 7 : 15
15 यस्तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।
१ तिमोथी 4 : 4
4 परमेश्वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्कार गरिनुपर्दैन।
Leave a Reply