भगवान को हुनुहुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भगवान को हुनुहुन्छ

यूहन्‍ना 4 : 24
24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।”

व्यवस्था 32 : 4
4 उहाँ नै चट्टान हुनुहुन्‍छ। उहाँका काम सिद्ध छन्, र उहाँका सबै चाल न्‍यायोचित छन्‌। एउटा विश्‍वासयोग्‍य परमेश्‍वर जसले भूल गर्नुहुन्‍न, न्‍यायी र सत्‍य उहाँ हुनुहुन्‍छ।

१ यूहन्‍ना 3 : 1 – 24
1 हेर, पिताले हामीलाई कस्‍तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्‍दैन, किनभने त्‍यसले उहाँलाई चिनेन।
2 प्रिय हो, अहिले हामी परमेश्‍वरका सन्‍तान हौं, र हामी के होऔंला, सो अहिलेसम्‍म प्रकट भएको छैन। यति जान्‍दछौं, कि जब उहाँ प्रकट हुनुहुन्‍छ, तब हामी उहाँजस्‍तै हुनेछौं। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी उहाँलाई त्‍यस्‍तै देख्‍नेछौं।
3 अनि जस्‍तो उहाँ पवित्र हुनुहुन्‍छ, उहाँमाथि यो आशा राख्‍ने हरेक मानिसले आफूलाई पवित्र पार्छ।
4 पाप गर्ने हरेकले व्‍यवस्‍था भङ्ग गर्दछ। पाप नै व्‍यवस्‍था भङ्ग हो।
5 पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्‍ने कुरा तिमीहरू जान्‍दछौ। र उहाँमा कुनै पाप छैन।
6 उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ।
7 साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्‍न नपाओस्‌। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्‍तो उहाँ धर्मी हुनुहुन्‍छ।
8 जसले पाप गर्छ त्‍यो दियाबलसको [1] हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्‍ट पार्नलाई नै परमेश्‍वरका पुत्र प्रकट हुनुभएको हो।
9 परमेश्‍वरबाट जन्‍मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्‍वभाव त्‍यसमा रहन्‍छ, र त्‍यसले पाप गरिरहन सक्‍दैन, किनभने त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो।
10 परमेश्‍वरको सन्‍तान को हो र दियाबलसको सन्‍तान को हो, यसैबाट प्रष्‍ट हुन्‍छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्‍वरको सन्‍तान होइन, र त्‍यो व्‍यक्ति पनि होइन, जसले आफ्‍नो दाजुभाइलाई प्रेम गर्दैन।
11 तिमीहरूले सुरुदेखि नै सुनेको सन्‍देश यही हो, “हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ।”
12 कयिनजस्‍तो नहोओ, जो दुष्ट थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।
13 भाइ हो, संसारले तिमीहरूलाई घृणा गर्दा अचम्‍म नमान।
14 हामी जान्‍दछौं, कि हामी त मृत्‍युबाट पार भएर जीवनमा सरिसकेका छौं, किनभने हामी आफ्‍ना दाजुभाइहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्‍यो मृत्‍युमा रहिरहन्‍छ।
15 आफ्‍नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्‍यारा हो, र कुनै हत्‍यारासँग अनन्‍त जीवन रहँदैन भन्‍ने तिमीहरूलाई थाहै छ।
16 प्रेम के हो भनी हामी यसैबाट थाहा पाउँछौं, कि उहाँले हाम्रा निम्‍ति आफ्‍नो प्राण दिनुभयो र हामीले पनि आफ्‍ना दाजुभाइहरूका निम्‍ति आफ्‍नो प्राण दिनुपर्छ।
17 कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ?
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।
19 यसैबाट हामी जान्‍न सक्‍छौं कि हामी सत्‍यका हौं, र यसरी उहाँको सामुन्‍ने हाम्रा हृदयलाई ढाड़स दिन सक्‍छौं।
20 जब हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ, हामी जान्‍दछौं परमेश्‍वर हाम्रो हृदयभन्‍दा महान्‌ हुनुहुन्‍छ, र उहाँले सब कुरा जान्‍नुहुन्‍छ।
21 प्रिय हो, हाम्रो हृदयले हामीलाई दोष दिदैंन भने परमेश्‍वरको सामुन्‍ने हामीलाई साहस हुन्‍छ।
22 अनि हामी जे माग्‍छौं, सो उहाँबाट पाउँछौं, किनभने हामी उहाँका आज्ञा पालन गर्छौं, र उहाँलाई मन पर्ने कामहरू गर्छौं।
23 अनि उहाँको आज्ञा यही हो, कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएबमोजिम हामीले एक अर्कोलाई प्रेम गर्नुपर्छ।
24 उहाँका आज्ञा पालन गर्नेहरू सबै उहाँमा रहन्‍छन्, र उहाँ तिनीहरूमा रहनुहुन्‍छ। उहाँले हामीलाई दिनुभएको पवित्र आत्‍माद्वारा हामी जान्‍दछौं, कि उहाँ हामीमा वास गर्नुहुन्‍छ।

तीतस 1 : 2
2 जुन विश्‍वास र ज्ञान अनन्‍त जीवनको आशामा स्‍थिर छन्, अनि कहिल्‍यै झूट नबोल्‍नुहुने परमेश्‍वरले अनन्‍त कालदेखि प्रतिज्ञा गर्नुभयो।

एफिसी 3 : 1 – 21
1 यसैकारण म पावल, तिमी अन्‍यजातिहरूका पक्षमा ख्रीष्‍ट येशूको कैदी—
2 तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ।
3 जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।
4 जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ।
5 जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्‍माद्वारा अहिले प्रकट भएको छ, त्‍यो अरू पुस्‍ताका मानिसहरूलाई जनाइएको थिएन,
6 अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌।
7 उहाँका शक्तिको कार्यअनुसार मलाई दिइएका परमेश्‍वरको त्‍यस अनुग्रहको वरदानबमोजिम यस सुसमाचारको म सेवक बनाइएको थिएँ।
8 सबै सन्‍तहरूमा म अत्‍यन्‍त तुच्‍छ भए तापनि ख्रीष्‍टको अगम्‍य सम्‍पत्तिको सुसमाचार अन्‍यजातिहरूलाई प्रचार गरूँ भनेर मलाई यो अनुग्रह दिइयो।
9 सबै कुरा सृजनुहुने परमेश्‍वरमा युग-युगदेखि लुप्‍त रहेका रहस्‍यको योजना के हो, सो सबै मानिसलाई खुलस्‍त गराउने अनुग्रह मलाई दिइयो,
10 ताकि यसरी मण्‍डलीद्वारा परमेश्‍वरका विभिन्‍न किसिमका ज्ञान स्‍वर्गीय स्‍थानहरूमा शासकहरू र अख्‍तियारवालाहरूका माझमा प्रकट गरिओस्‌।
11 योचाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्‍त उद्देश्‍यअनुसार थियो।
12 उहाँमाथि राखिएको हाम्रो विश्‍वासद्वारा साहस र दृढ़ भरोसामा हामी परमेश्‍वरमा प्रवेश पाउँछौं।
13 यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्‍ति मैले भोगिरहेको कष्‍टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका गौरव हुन्‌।
14 यसैकारण म पिताको सामने आफ्‍ना घुँड़ा टेक्‍तछु,
15 जसद्वारा स्‍वर्ग र पृथ्‍वीमा भएको हरेक परिवारको नाउँ राखिएको छ।
16 म प्रार्थना गर्छु, कि उहाँका महिमाको सम्‍पत्तिअनुसारको शक्तिले उहाँका आत्‍माद्वारा भित्री मनुष्‍यत्‍वमा तिमीहरूलाई शक्तिशाली पारून्,
17 र विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून्, र प्रेममा जरा गाडिएका र दह्रिला भएर,
18 सबै सन्‍तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्‍ने शक्ति प्राप्‍त गर्न सक,
19 र ज्ञानलाई माथ गर्ने ख्रीष्‍टको प्रेमलाई थाहा पाउन सक, ताकि परमेश्‍वरको सारा पूर्णताले तिमीहरू भरिपूर्ण होओ।
20 उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्‍दा ज्‍यादै प्रशस्‍त मात्रामा गर्न सक्‍नुहुन्‍छ,
21 उहाँलाई नै पुस्‍ता-पुस्‍तासम्‍म मण्‍डली र ख्रीष्‍ट येशूमा सदासर्वदा महिमा होस्‌। आमेन।

उत्‍पत्ति 1 : 28
28 परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै, पृथ्‍वीमा भरिँदै र त्‍यसलाई आफ्‍नो वशमा पार्दैजाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्‍वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।”

यूहन्‍ना 8 : 24
24 मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”

गलाती 3 : 28
28 अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।

उत्‍पत्ति 1 : 1
1 आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्‍वी सृष्‍टि गर्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *