बोनेट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बोनेट

प्रस्‍थान 28 : 40
40 तैंले हारूनका छोराहरूका निम्‍ति लबेदा, पटुका र फेटाहरू तिनीहरूका गौरव र शोभाको निम्‍ति बनाउनू।

प्रस्‍थान 29 : 9
9 र तिनीहरूका शिरमा फेटा लगाइदिनू। तब हारून र त्‍यसका छोराहरूलाई पटुका बाँधिदिनू। सदाको विधिद्वारा तिनीहरूले पूजाहारी पद पाउनेछन्‌। यसरी तैंले हारून र त्‍यसका छोराहरूलाई नियुक्त गर्नू।

प्रस्‍थान 39 : 28
28 र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्‍त्र तिनीहरूले बनाए।

लेवीहरू 8 : 13
13 त्‍यसपछि मोशाले हारूनका छोराहरूलाई ल्‍याएर लबेदा लगाइदिए अनि पटुका बाँधिदिएर उनीहरूलाई फेटा लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।

इजकिएल 44 : 18
18 तिनीहरूले टाउकोमा सूतीको फेटा र कम्‍मरमा सूतीको भित्री लुगा लाउनुपर्छ। तिनीहरूले पसीना आउने कुनै किसिमको कपड़ा लाउनुहुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *