यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बोतल
उत्पत्ति 21 : 14
14 अब्राहामले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए, र बालकलाई पनि त्यसकै साथ लगाएर बिदा गरिदिए। अनि हागार बेर्शेबाको उजाड़-स्थान हुँदो डुल्न लागी।
यहोशू 9 : 4
4 तब उनीहरूले एउटा चलाखी अपनाए। उनीहरूले थाङ्ने बोराहरू र फाटेका टालेका छालाका दाखमद्यका मशकहरू आफ्ना गधामा लदाए।
यहोशू 9 : 13
13 हामीले दाखमद्य भरेका यी छालाका मशकहरू नयाँ नै थिए, तर हेर्नुहोस्, ती फाटिसकेका छन्, र यी हाम्रा लुगाहरू र जुत्ताहरू पनि लामो बाटो भएको हुनाले थोत्रा भइसकेका छन्।”
अय्यूब 32 : 19
19 मद्यले जस्तै मेरो पेट फुलेको छ, दाखरसको नयाँ थैलीझैँ पूरा फुलेको छ।
भजनसंग्रह 119 : 83
83 धूवाँमा राख्दाराख्दा खुम्चिएको दाखमद्यको मशकजस्तो म भइसकेको छु, तापनि तपाईंका विधिहरू मैले बिर्सेको छैनँ।
मत्ती 9 : 17
17 कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्दैन, नत्रता मशक फुट्छ, र दाखमद्य पोखिन्छ, र मशक नष्ट हुन्छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्छ, र दुवै जोगिन्छन्।”
मर्कूस 2 : 22
22 अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।”
लूका 5 : 38
38 नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ।
यशैया 30 : 14
14 कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्यो टुक्रा-टुक्रा भएर फुट्नेछ, कि त्यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्म पनि रहनेछैन।”
यर्मिया 19 : 1
1 परमप्रभु यसो भन्नुहुन्छ, “गएर एक जना कुमालेबाट माटोको भाँड़ो किन्। प्रजाका केही धर्म-गुरुहरू र केही पूजाहारीहरूलाई लिएर
यर्मिया 19 : 10
10 “तब तँसँग जानेहरूले हेरेकै समयमा तैंले त्यो भाँड़ो फुटाइदिनू,
यर्मिया 48 : 12
12 तर दिनहरू आउँदैछन्,” परमप्रभु भन्नुहुन्छ, “जब घैँटाबाट खन्याउनेहरूलाई म त्यसकहाँ पठाउनेछु, र उनीहरूले त्यो खन्याउनेछन्। त्यसका घैँटाहरू रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन्।
Leave a Reply