बुनाई

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुनाई

यशैया 19 : 9
9 बाटेका सनपाटको काम गर्नेहरू निराश हुनेछन्, र मलमलको कपड़ा बुन्‍नेहरू निराश हुनेछन्‌।

यशैया 38 : 12
12 गोठालाको पालझैँ मेरो घर भत्‍काएर मबाट खोसी लगियो। जुलाहाले लुगा बेहेरेझैँ मैले मेरो जीवन बेहेरेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ। दिन र रातभरिमा नै तपाईंले मेरो अन्‍त गराइदिनुभयो।

प्रस्‍थान 35 : 35
35 तिनीहरूले सबै किसिमका शिल्‍पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्‍ने काममा, सबै किसिमका शिल्‍पकारी र कलाकारका निपुण काम गरून्‌ भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”

२ राजाहरू 23 : 7
7 तिनले पुरुष वेश्‍याहरूका बस्‍ने घरहरू भत्‍काइदिए, जो परमप्रभुका मन्‍दिरभित्र थिए र जहाँ स्‍त्रीहरूले अशेराको निम्‍ति बुन्‍ने गर्थे।

प्रस्‍थान 28 : 32
32 त्‍यसको बीचमा टाउको छिराउन प्‍वाल बनाउनू, र नच्‍यातिनलाई कठालोको प्‍वालजस्‍तै बुनेको बिट होस्‌।

प्रस्‍थान 39 : 22
22 अनि तिनीहरूले एपोदको सम्‍पूर्ण अलखा नीलो रङ्गको बुनेको कपड़ाको बनाए।

प्रस्‍थान 39 : 27
27 हारून र तिनका छोराहरूका निम्‍ति बुनेका मसिनो सूती कपड़ाका लबेदाहरू,

अय्‍यूब 7 : 6
6 जुलाहाको थुरीभन्‍दा चाँड़ो मेरा दिन बित्‍छन्, मेरा दिनहरू आशाविना अन्‍त हुन्‍छन्‌।

न्यायकर्ताहरू 16 : 14
14 यसैले तिनी सुत्‍दा त्‍यसले तिनको कपालका ती सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राखी। अनि फेरि त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तिनी निद्राबाट जागे, र तानसमेत कीला उखेलिदिए।

२ शमूएल 21 : 19
19 गोबमा पलिश्‍तीहरूसँगको अर्को लड़ाइँमा बेथलेहेमका यारे-ओरगिमका छोरा एल्‍हानानले गित्ती गोल्‍यतलाई मारे, जसको भालाका बिँड़ जुलाहाको लुगा बनाउने डन्‍डाजत्रो ठूलो थियो।

१ इतिहास 11 : 23
23 तिनले पाँच हात अल्‍गो एक मिश्री राक्षसलाई मारे, जसको भाला कपड़ा बुन्‍ने जुलाहाको डन्‍डा जत्रो थियो। यिनी एउटा लाठो लिएर लड्‌न गए, र त्‍यस मिश्रीको हातबाट त्‍यसकै भाला खोसेर त्‍यही हतियारले तिनले त्‍यसलाई मारेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *