बुद्धिमानी सल्लाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुद्धिमानी सल्लाह

हितोपदेश 12 : 15
15 मूर्खको बाटो आफ्‍नो नजरमा ठीकै देखिन्‍छ, तर समझदार मानिसले अरूको सल्‍लाह सुन्‍छ।

हितोपदेश 11 : 14
14 पथप्रदर्शनको अभावले देशको पतन हुन्‍छ, तर धेरै सल्‍लाहकारहरूको कारण विजय निश्‍चित हुन्‍छ।

हितोपदेश 19 : 20 – 21
20 सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्‍त्‍यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌।
21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्‍छन्, तर परमप्रभुकै उद्देश्‍य विजयी रहन्‍छ।

हितोपदेश 15 : 22
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌।

भजनसंग्रह 1 : 1 – 6
1 धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
2 तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
3 त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
4 दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
5 यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌, र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ, तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।

२ तिमोथी 3 : 16
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ,

भजनसंग्रह 119 : 105
105 तपाईंका वचन मेरा गोडाका निम्‍ति बत्ती, र मेरो बाटोको निम्‍ति उज्‍यालो हो।

हितोपदेश 3 : 1 – 35
1 हे मेरो छोरा, मेरो शिक्षालाई नभुल्, तर मेरा आज्ञाहरू आफ्‍नो हृदयमा लुकाइराख्‌।
2 किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन्, र तेरो लागि सम्‍पन्‍नता ल्‍याउनेछन्‌।
3 भक्ति र विश्‍वासयोग्‍यताले तँलाई कहिल्‍यै नछोडून्, ती तैंले आफ्‍नो गलामा बाँधिराख्, आफ्‍नो हृदयको पाटीमा ती लेखिराख्‌।
4 तब परमेश्‍वर र मानिसको दृष्‍टिमा तैंले निगाह पाउनेछस्‌ र असल नाउँ कमाउनेछस्‌।
5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌
6 आफ्‍ना सारा मार्गमा उहाँलाई सम्‍झी, र उहाँले तेरा मार्गहरू सोझा तुल्‍याइदिनुहुनेछ।
7 आफ्‍नै नजरमा बुद्धिमान्‌ नहोऊ, परमप्रभुको भय मान्‌ र दुष्‍कर्मलाई त्‍याग्‌।
8 यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ।
9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,
10 तब तेरा ढुकुटीहरू पोखुन्‍जेल भरिनेछन्, र तेरा भाँड़ाहरू नयाँ मद्यले चुलिएर पोखिनेछन्‌।
11 हे मेरो छोरो, परमप्रभुको अनुशासनलाई अवहेलना नगर्, र उहाँको हप्‍कीलाई खराब नठान्,
12 किनभने जसलाई परमप्रभु प्रेम गर्नुहुन्‍छ उसैलाई नै उहाँले अनुशासन दिनुहुन्छ। जसरी बुबाले आफ्‍नो प्‍यारो छोरालाई अनुशासन दिन्‍छन्‌।
13 धन्‍य हो त्‍यो मानिस जसले बुद्धि प्राप्‍त गर्छ, र समझशक्ति हासिल गर्छ,
14 किनभने बुद्धि चाँदीभन्‍दा धेरै लाभदायक हुन्‍छ, र त्‍यसले सुनले भन्‍दा बढ़ी फाइदा दिन्‍छ।
15 त्‍यो मानिकभन्‍दा पनि बहुमूल्‍य हुन्‍छ, र तैंले इच्‍छा गरेको कुनै पनि थोक त्‍यससँग तुलना गर्न सकिँदैन।
16 बुद्धिको दाहिने हातमा दीर्घायु, र त्‍यसको देब्रे हातमा धन र सम्‍मान हुन्‍छन्‌।
17 त्‍यसका मार्गहरू आनन्‍ददायक हुन्‍छन्, र त्‍यसका सबै बाटोहरू शान्‍तिका हुन्‍छन्‌।
18 बुद्धिलाई अँगाल्‍नेहरूका निम्‍ति त्‍यो एक जीवनको रूख हो, त्‍यसलाई पक्रनेहरूले आशिष्‌ पाउनेछन्‌।
19 बुद्धिले नै परमप्रभुले पृथ्‍वीको जगहरू बसाल्‍नुभयो, समझशक्तिले उहाँले आकाशलाई त्‍यसको ठाउँमा राख्‍नुभयो।
20 उहाँको ज्ञानले गहिरा सागरहरू फुटिनिस्‍के, र बादलले तलतिर शीत झारे।
21 हे मेरो छोरो, सद्दे बुद्धि र विवेकलाई जोगाइराख्, तिनलाई तेरो दृष्‍टिबाट जान नदे,
22 ती तेरो निम्‍ति जीवन, र तेरो गलामा शोभाको गहनाझैँ हुनेछन्‌।
23 तब तँ आफ्‍नो मार्गमा सुरक्षित भई हिँड्‌नेछस्, र तेरा खुट्टा लरबरिनेछैन।
24 जब तँ ढल्‍किनेछस्‌ तँ भयभीत हुनेछैनस्, जब तँ ढल्‍किनेछस्‌ तँलाई मीठो निद्रा लाग्‍नेछ।
25 दुष्‍टहरूमाथि एक्‍कासि आइलाग्‍ने विपत्ति वा सर्वनाशसँग तँचाहिँ नडरा,
26 किनभने परमप्रभु नै तेरो साहस हुनुहुनेछ, र उहाँले तेरो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।
27 ज-जसलाई भलाइ गर्नुपर्छ, तेरो हातमा भइञ्‍जेल त्‍यो नरोक्‌,
28 जब कि तँसँग त्‍यो अहिले नै छ, आफ्‍नो छिमेकीलाई “पछि आऊ, भोलिपर्सि दिऊँला,” नभन्‌।
29 आफ्‍नो छिमेकीको विरुद्धमा षड्‌यन्‍त्र नरच्‌। जो तेरो नजिक भरोसा राखेर बस्‍दछ।
30 विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन।
31 हिंसात्‍मक मानिसको ईर्ष्‍या नगर्, र त्‍यसको कुनै पनि मार्गलाई नछान्‌।
32 किनकि परमप्रभु कुटिल मानिसलाई घृणा गर्नुहुन्‍छ, तर सोझाहरूलाई आफ्‍नो विश्‍वासमा राख्‍नुहुन्‍छ।
33 दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीको घरलाई उहाँले आशिष्‌ दिनुहुन्‍छ।
34 अभिमानी गिल्‍ला गर्नेहरूलाई उहाँले गिल्‍लामा उड़ाउनुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्‍छ।
35 बुद्धिमान्‌ले इज्‍जत प्राप्‍त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्‍जित तुल्‍याउनुहुनेछ।

हितोपदेश 4 : 13
13 अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो।

हितोपदेश 20 : 18
18 सल्‍लाह लिएर योजनाहरू बना, लड़ाइँ लड्‌नु छ भने सल्‍लाह प्राप्‍त गर्‌।

हितोपदेश 28 : 26
26 आफैमा भरोसा राख्‍ने व्‍यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्‌ने सुरक्षित रहन्‍छ।

हिब्रू 4 : 12
12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ।

हितोपदेश 1 : 1 – 33
1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनका हितोपदेश:
2 जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गर्नेछन्, अन्‍तर्दृष्‍टिका कुराहरू बुझ्‍नेछन्,
3 एक अनुशासित र विवेकी जीवन जिउनेछन्,
4 सोझाहरू विवेकशील बन्‍नेछन्, जवानहरूले ज्ञान र बुद्धि प्राप्‍त गर्नेछन्‌।
5 बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस्,
6 जसद्वारा हितोपदेश र दृष्‍टान्‍तहरू, बुद्धिमान्‌को आहान र रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌।
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।
8 हे मेरो छोरा, आफ्‍नो बुबाको आदेश सुन्‌ र आफ्‍नी आमाको शिक्षा नत्‍याग्‌।
9 ती तेरो शिरमा शोभाको मुकुट, र तेरो गलामा सम्‍मानको हार हुनेछ।
10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।
11 तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,
12 चिहानले [2] निलेझैँ, र गहिरो भड्‌खालोमा परी त्‍यसको पीँधमा पुग्‍नेहरूलाई झैँ, हामी तिनीहरूलाई पूरै जिउँदै निलौं।
13 हामी सबै किसिमका बहुमूल्‍य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,
14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्‌नेछौं।”
15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,
16 किनकि तिनीहरूका पाइला पाप गर्न हतारिन्‍छन्, तिनीहरू रक्तपात गर्न आतुरी गर्छन्‌।
17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्‍यर्थ!
18 यी मानिसहरू आफ्‍नै रगतको लागि ढुकिरहन्‍छन्, तिनीहरू आफै जाकिन ढुकिरहन्‍छन्‌!
19 बेईमानीसित कमाउनपट्टि लाग्‍नेहरू सबैको अन्‍त्‍य यस किसिमले हुन्‍छ, यसरी धन आर्जन गर्नेको जीवन त्‍यसैले छिनेर लैजान्‍छ।
20 बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,
21 होहल्‍लाले भरिएका गल्‍लीहरूका पर्खालमाथिबाट त्‍यो चिच्‍च्‍याउँछ, सहरका मूल ढोकाहरूमा यसरी त्‍यसले भाषण गर्छ:
22 “हे निर्बुद्धि [3] हो, कहिलेसम्‍म तिमीहरू आफ्‍नो बुद्धिहीन मार्गलाई प्रेम गरिरहनेछौ? कहिलेसम्‍म खिल्‍ली उड़ाउनेहरू खिल्‍ली उड़ाइरहनमा मग्‍न भइरहने र मूर्खहरूले ज्ञानलाई घृणा गर्दैरहने?
23 यदि मेरो हप्‍की तिमीहरूले ग्रहण गरेका भए, म आफ्‍नो हृदयका कुराहरू तिमीहरूसँग पोख्‍नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।
24 तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले,
25 मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले,
26 तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—
27 जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्‍छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्‍ट र दु:खले तिमीहरूलाई डुबाउँछन्‌।
28 “तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌।
29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले,
30 तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्‍की तिरस्‍कार गरेका हुनाले,
31 तिनीहरूले आफ्‍नो चालचलनको फल भोग्‍नेछन्, र आफ्‍ना कपट योजनाको फलले आफै लादिनेछन्‌।
32 आफ्‍नै मनमानीपनले गर्दा निर्बुद्धिहरू मर्नेछन्, र मूर्खहरूको आफ्‍नै निश्‍चिन्‍तताले तिनीहरूमाथि नाश आइपर्नेछ।
33 तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”

हितोपदेश 13 : 10
10 घमण्‍डले केवल झगड़ा पोस्‍दछ, तर सरसल्‍लाह लिनेहरूमा बुद्धि पाइन्‍छ।

हितोपदेश 1 : 7
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले [1] बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

१ राजाहरू 12 : 6 – 19
6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा तिनका सेवा गर्ने धर्म-गुरुहरूसित सल्‍लाह मागे। तिनले सोधे, “यी मानिसहरूलाई मैले कस्‍तो जवाफ दिनुपर्ने हो?”
7 तिनीहरूले भने, “यदि आज हजूर यी मानिसहरूका सेवक भएर तिनीहरूको सेवा गर्नुहुन्‍छ र अहिले तिनीहरूले चाहेको जवाफ हजूरले तिनीहरूलाई दिनुहुन्‍छ भने, तिनीहरू सधैँ हजूरका सेवकहरू हुनेछन्‌।
8 तर ती धर्म-गुरुहरूले दिएको सल्‍लाह तिनले इन्‍कार गरे, र तिनले आफूसँग बढ़ेका र तिनको सेवा गर्ने जवान मानिसहरूको सल्‍लाह लिए।
9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूको सल्‍लाह के छ? ‘तपाईंका पिताले हामीहरूमाथि बोकाउनुभएको जुवा हलुङ्गो गरिदिनुहोस्‌’ भन्‍ने यी मानिसहरूले बिन्‍ती गरेकामा म कस्‍तो जवाफ दिऊँ?”
10 तिनीसँग बढ़ेका ती जवान मानिसहरूले जवाफ दिए, “‘हजूरका पिताले हामीमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो, र त्‍यो हलुङ्गो पारिदिनुहोस्‌’ भनी हजूरलाई भन्‍ने यी मानिसहरूलाई भन्‍नुहोस्, ‘मेरो कान्‍छी औँली मेरा पिताको कम्‍मरभन्‍दा मोटो छ।
11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा बोकाइदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेतले कुट्‌न लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु’।”
12 “तीन दिनपछि मकहाँ आओ” भनी राजाले भनेझैँ यारोबाम र ती सबै मानिसहरू रहबामकहाँ फर्केर आए।
13 राजाले ती मानिसहरूलाई कड़ा जवाफ दिए। धर्म-गुरुहरूले दिएका सल्‍लाह तिनले इन्‍कार गर्दै
14 ती जवानहरूले दिएको सल्‍लाह मानेर भने, “मेरा पिताले त तिमीहरूको जुवा गह्रौँ पारिदिनुभएको थियो। म त्‍यो अझै गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई बेत लगाउनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले डस्‍न लगाउनेछु।”
15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्‍नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्‍तो स्‍थिति ल्‍याउनुभएको थियो।
16 जब राजाले तिनीहरूका कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले राजालाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो के भाग छ? हे इस्राएली हो, आ-आफ्‍नो पालमा जाओ, हे दाऊद, तिमी आफ्‍नै घर सम्हाल।” यसैकारण इस्राएलीहरू आ-आफ्‍नो घर लागे,
17 तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलीहरूमाथि रहबामले अझै शासन गरे।
18 राजा रहबामले बेगार काममा लगाउने मानिसहरूका जिम्‍मावाल अदोनीरामलाई पठाए, तर सबै इस्राएलीहरूले तिनलाई ढुङ्गाले हानेर मारे। तापनि राजा रहबामचाहिँ आफ्‍नो रथमा चढ़ेर यरूशलेममा भागेर जान सफल भए।
19 अनि आजको दिनसम्‍म दाऊदका घरानाको विरुद्धमा इस्राएल बागी भएको छ।

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

हितोपदेश 24 : 6
6 युद्ध गर्नका निम्‍ति तँलाई अगुवाइ चाहिन्‍छ, विजय पाउनलाई धेरै सल्‍लाहकार चाहिन्‍छ।

२ तिमोथी 2 : 15
15 शर्माउन नपर्ने र सत्‍यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्‍तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्‍य तुल्‍याउने भरमग्‍दूर प्रयत्‍न गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *