यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अमालेकीहरू
गन्ती 13 : 29
29 नेगेव भनिने दक्षिण क्षेत्रमा अमालेकीहरू, र पहाड़ी क्षेत्रमा हित्ती, यबूसी र एमोरीहरू, अनि समुद्रको नजिक र यर्दन नदीको किनारमा कनानीहरू बस्दारहेछन्।”
गन्ती 14 : 25
25 अमालेकी र कनानीहरू बेँसीहरूमा बसेका हुनाले भोलि नै तिमीहरू फर्क र लाल समुद्रको बाटो भएर उजाड़-स्थानतिर जाओ।”
१ शमूएल 15 : 7
7 तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे।
१ शमूएल 27 : 8
8 दाऊद र तिनका मानिसहरू आक्रमण गर्नलाई निस्कन्थे, र गशूरीहरू, गिज्रीहरू र अमालेकीहरूलाई लूटपीट गर्थे। (उनीहरू प्राचीनकालदेखि शूर र मिश्रदेशसम्मैका बासिन्दा भएर बसेका थिए।)
उत्पत्ति 14 : 7
7 त्यसपछि उनीहरू फर्केर एन-मिशपातमा (अर्थात् कादेशमा) आएर अमालेकीहरूको जम्मै देशलाई र हासेसोन-तामारमा बस्ने एमोरीहरूलाई पनि अधीन गराए।
प्रस्थान 17 : 8
8 तब अमालेकीहरू आएर रपीदीममा इस्राएलीहरूमाथि आक्रमण गरे।
प्रस्थान 17 : 13
13 अनि यहोशूले अमालेकी फौजलाई तरवारले जिते।
१ शमूएल 14 : 48
48 अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए।
१ शमूएल 15 : 33
33 तर शमूएलले भने, “तेरो तरवारले स्त्रीहरूलाई निर्वश तुल्याएको छ। यसकारण तेरै आमा पनि सबै स्त्रीहरूका बीचमा निर्वश हुनेछे।” अनि शमूएलले अगागलाई परमप्रभुको सामुन्ने गिलगालमा मारे।
१ शमूएल 27 : 9
9 जब दाऊदले कुनै देश लूटपीट गर्थे तब तिनले पुरुष अथवा स्त्री कसैलाई पनि जीवित राख्दैनथे। तिनले भेड़ाबाख्रा र गाई-गोरुका बथान, गधा र ऊँट र लुगाफाटाहरू पनि लगेर फेरि आकीशकहाँ फर्केर आउँथे।
१ शमूएल 30 : 20
20 तिनले भेड़ाबाख्रा, गाई-गोरु सबै लिए, अनि तिनका मानिसहरूले अरू बथानका अगिअगि ती धपाउँदै लगे र भने, “यो दाऊदको लूट हो।”
१ इतिहास 4 : 43
43 तिनीहरूले बाँचेका अमालेकीहरू सबैलाई नष्ट पारे, र आजको दिनसम्म तिनीहरू त्यहाँ बसेका छन्।
गन्ती 14 : 45
45 तब त्यस पहाड़मा बस्ने अमालेकी र कनानीहरू तल ओर्लेर तिनीहरूलाई होर्मासम्मै मार्दै र खेद्दै ल्याए।
न्यायकर्ताहरू 3 : 13
13 एग्लोनले अम्मोनीहरू र अमालेकीहरूलाई युद्धको निम्ति भेला गरे, र इस्राएलीहरूलाई आक्रमण गर्नलाई अगि बढ़े, र खजूरका रूखहरूको सहरमाथि [2] अधिकार गरे।
व्यवस्था 25 : 19
19 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको नाउँनिशानै मेटिदिनू। तिमीहरूले यो कुरा कहिल्यै नभुल्नू।
१ शमूएल 28 : 18
18 तिमीले परमप्रभुको आज्ञापालन गरेनौ, र अमालेकीहरूका विरुद्धमा उहाँका क्रोधको इन्साफलाई तिमीले पूरा गरेनौ। यसैले उहाँले आज तिमीमाथि यो काम गर्नुभएको हो।
प्रस्थान 17 : 14
14 तब परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरो सम्झनाको निम्ति एउटा पुस्तकमा लेख्, र त्यो यहोशूलाई बताइदे, किनकि म अमालेकको स्मृति आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।”
प्रस्थान 17 : 16
16 अनि तिनले भने, “परमप्रभुको सिंहासनतर्फ हातहरू उचालिएका थिए। परमप्रभु पुस्तौँ-पुस्तौँसम्म अमालेकीहरूसित युद्ध गर्नुहुनेछ।”
गन्ती 24 : 20
20 तब तिनले अमालेकीहरूतिर हेरेर आफ्नो ईश्वरवाणी दिए: “सबै जातिहरूमा अमालेक पहिलो थियो, तर विनाश नै त्यसको अन्त हुनेछ।”
Leave a Reply