यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् अमरता
उत्पत्ति 5 : 24
24 हनोक परमेश्वरको साथसाथ हिँड्थे। अनि उनी अलप भए, किनभने परमेश्वरले उनलाई उठाइलानुभयो।
२ शमूएल 12 : 23
23 तर अब त्यो मरिहाल्यो, त मैले किन उपवास बस्ने? के म त्यसलाई फेरि फर्काई ल्याउन सक्छु र? म त्यसकहाँ जानेछु, तर त्यो मकहाँ फर्की आउनेछैन।”
२ राजाहरू 2 : 11
11 जब तिनीहरू कुरा गर्दै अगि हिँड़िरहेका थिए, तब एक्कासि एउटा अग्निमय रथ र घोड़ाहरू देखा परे, र दुईलाई एक-अर्काबाट अलग गरे, र एलिया भुमरीमा माथि स्वर्गतिर लगिए।
नहेम्याह 9 : 5
5 अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्याह, शरेबियाह, होदियाह, शबन्याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्वर, जो अनन्तदेखि अनन्तसम्म हुनुहुन्छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्यको र सारा धन्य र प्रशंसामा सर्वोच्च होस्।
अय्यूब 4 : 21
21 के तिनीहरूका पालका डोरीहरू माथि तानिएका छैनन् र? यसरी तिनीहरू ज्ञानविना नै मर्छन्?’
अय्यूब 14 : 13
13 “तपाईंले मलाई चिहानमा [1] लुकाउनुभए, अनि तपाईंको रीस नहटेसम्म मलाई गुप्तमा राख्नुभए त, तपाईंले मेरो समयको सीमा तोकिदिएर, मलाई सम्झनु भए त हुनेथियो!
भजनसंग्रह 16 : 11
11 तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्थितिद्वारा तपाईंले आनन्दले मलाई गद्गद् पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्त आनन्द छ।
भजनसंग्रह 21 : 4
4 उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।
भजनसंग्रह 22 : 26
26 गरीबहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिमीहरूका हृदय सदा जीवित रहून्!
भजनसंग्रह 23 : 6
6 निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
भजनसंग्रह 31 : 5
5 तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्।
भजनसंग्रह 36 : 9
9 किनकि जीवनको स्रोत तपाईंसँग छ, तपाईंकै ज्योतिमा हामी प्रकाश देख्छौं।
भजनसंग्रह 37 : 18
18 परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ।
भजनसंग्रह 37 : 27
27 खराबीदेखि फर्केर अलग्ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्नेछौ।
भजनसंग्रह 49 : 9
9 यस्तो कोही छैन जो सधैँ बाँचिरहन्छ, र कहिल्यै कुहुनुपर्दैन।
भजनसंग्रह 49 : 15
15 तर परमेश्वरले मोल तिरेर मेरो प्राणलाई चिहानबाट छुटाउनुहुनेछ, उहाँले मलाई निश्चय नै ग्रहण गर्नुहुनेछ। सेला
भजनसंग्रह 73 : 26
26 मेरो तन र मन दुवै विफल होलान्, तर परमेश्वर सदासर्वदाको निम्ति मेरो हृदयको शक्ति र मेरो भाग हुनुहुन्छ।
भजनसंग्रह 86 : 12
12 हे परमप्रभु मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु।
भजनसंग्रह 102 : 28
28 तपाईंका सेवकहरूका सन्तान तपाईंको सम्मुख वास गर्नेछन्, र तिनका सन्तान तपाईंको सामुन्ने स्थिर रहनेछन्।”
भजनसंग्रह 121 : 8
8 तिमी बाहिर जाँदा र भित्र आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि सदाकालसम्म।
भजनसंग्रह 133 : 3
3 त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष् खन्याउनुहुन्छ।
भजनसंग्रह 145 : 2
2 प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु,
हितोपदेश 14 : 32
32 आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ।
उपदेशक 3 : 21
21 मानिसको आत्माचाहिँ उँभोतिर र पशुको तल माटोमा जान्छ भनी कसले जान्दछ र?
उपदेशक 12 : 7
7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर।
यशैया 14 : 9
9 तेरो आगमनमा तँलाई भेट्न चिहान [1] पनि तेरो निम्ति चलमलाएको छ। त्यसले मरेर बिदा भइसकेका आत्माहरूलाई पनि तँलाई स्वागत गर्न जगाउँछ— ती सबै जना जो संसारमा नेताहरू थिए— त्यसले उनीहरूलाई आफ्ना सिंहासनबाट उठ्न लगाउँछ, ती सबै जो जाति-जातिहरूका राजाहरू थिए।
यशैया 25 : 8
8 उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ। परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ। उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ। परमप्रभुले भन्नुभएको छ।
Leave a Reply